A Levels MA

एक वर्षे स्नातक शिक्षक शिक्षा तालिम कार्यक्रम को लागि भर्ना आवेदन आव्हान

नेपाल खुला विश्वविद्यालय 

केन्द्रीय कार्यालय

मानभवन, ललितपुर

भर्ना आवेदन सम्बन्धी सूचना

(सूचना प्रकाशन मिति २०७६/०८/१०) 

यस विश्वविद्यालयको सामाजिक शास्त्र तथा शिक्षा सङ्काय अन्तर्गत तपसिलका तह र विषयका कार्यक्रमहरुमा वि.सं. २०७६ हिउँदे सत्र प्रथम सेमेष्टरमा सेमेष्टर प्रणाली अन्तर्गत्  भर्ना आवेदन आव्हान सम्बन्धी यो सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । भर्ना आवेदनका लागि विश्वविद्यालयको वेवसाइटमा रहेको Student Panel मार्फत Online भर्ना आवेदन फारम भर्नुपर्नेछ। 

• आवेदन शुल्क रु.१०००/- (एक हजार) नेपाल खुला विश्वविद्यालयको नाममा रहेको ग्लोबल आईएमई बैंक लिमिटेड कीर्तिपुर, शाखा स्थित चल्ती खाता नं. ०५०१०१००००५०२ मा जम्मा गरी सो बैंक भौचर Scan गरी आवेदन फारमका साथ Upload गर्नुपर्नेछ। 

• आवेदकले आवेदन फारमका साथ सम्बन्धित शैक्षिक तह र कार्यक्रमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रन्सक्रिप्टको Scan Copy Upload गर्नुपर्ने छ । 

• प्रवेश परीक्षाका केन्द्रहरु धनगढी, सुर्खेत, पोखरा, ललितपुर र ईटहरीमा रहनेछन् । 

• प्रवेश परीक्षा मिति २०७६ साल पौष १९ गते शनिबार दिउँसो ११:०० बजे संचालन हुनेछ । 

• प्रवेश परीक्षाको पाठ्यक्रम विश्वद्यिालयको Website को सम्बन्धित सङ्कायको Menu मा प्रकाशन गरिनेछ। 

(क) एक वर्षे स्नातक शिक्षक शिक्षा तालिम कार्यक्रम (One Year B.Ed) को लागि भर्ना आवेदन आव्हान गरिएका विषयहरू : 

१. अंग्रेजी २. नेपाली ३. गणित ४. विज्ञान ५. सामाजिक अध्ययन ६. कम्प्युटर इन्जिनियरिङ ७. बाली विज्ञान 

(ख) भर्नाको लागि आवश्यक न्यूनतम योग्यताः 

१) सम्बन्धित विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

२) अंग्रेजी, नेपाली, गणित, विज्ञान, कम्प्यूटर इन्जिनियरिङ र बाली विज्ञानहरुमा भर्ना हुन स्नातक तहमा सम्बन्धित मूल विषय लिई उत्तीर्ण गरेका ईच्छुक व्यक्तिहरुले आवेदन दिन पाउनेछन्। 

३) सामाजिक अध्ययन विषयमा भर्ना हुन स्नातक तहमा सामाजिक विज्ञान अन्तर्गतका विषयहरू अर्थशास्त्र, इतिहास, भूगोल, समाजशास्त्र, मानवशास्त्र, जनसङ्ख्या अध्ययन, राजनीति शास्त्र, ग्रामीण विकास, सामाजिक कार्य, मनोविज्ञान, संस्कृति, गृहविज्ञान र नागरिक शास्त्र मूल विषय लिई उत्तीर्ण गरेका ईच्छुक व्यक्तिहरुले आवेदन दिन पाउनेछन् । 

४) सामाजिक अध्ययन विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले ३ क्रेडिट बराबरको थप Non-credit को Enrichment कोर्स अध्ययन गर्नुपर्नेछ । 

(ग) आवेदकसँग कम्युटरको आधारभूत ज्ञान तथा सिप हुनुपर्नेछ । 

(घ) भर्ना आवेदकले सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । 

नोट:

हाल सामुदायिक विद्यालय माध्यमिक तह कक्षा ९-१२ मा अध्यापनरत/कार्यरत अध्यापन अनुमति पत्र प्राप्त नगरेका शिक्षा शास्त्र सङ्कायभन्दा अर्को सङ्कायबाट स्नातक वा स्नातकोत्तर गरी शिक्षण पेशामा प्रवेश गरेका अङ्ग्रेजी, विज्ञान, गणित र प्राविधिक धारका विषयहरुमा विश्वविद्यालयको प्रकृयाबाट छनौट हुन सफल शिक्षकहरूलाई केही सिटमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सहायता उपलब्ध गराउन सक्नेछ । 

प्रत्येक कार्यक्रममा न्यूनतम विद्यार्थी संख्या २० जना हुनुपर्ने छ। 

Tag:भर्ना
Thuprai - Books and E-books