विपन्न लक्षित छात्रवृत्तिका लागि चैत ९ गतेभित्र आवेदन दिनुपर्ने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न निर्देशन दिएको छ ।

केन्द्रले आर्थिक वर्ष २०७९–८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयले भराउन निर्देशन दिएको हो ।

विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्‍याई  फागुन १० गतेदेखि चैत ९ गतेभित्र विद्यार्थीलाई  फारम भर्न भराउन निर्देशन दिएको छ ।

Thuprai - Books and E-books