A Levels MA

भौचरमा आधारित छोटो अवधिको सीपमूलक तालिममा सहभागी हुन आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

नेपाल सरकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो) | 

मिति:२०४६/04/१८

भौचरमा आधारित छोटो अवधिको सीपमूलक तालिममा सहभागी हुन आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

यस परियोजनाले बिभिन्न तालिम तथा रोजगार सेवा प्रदायक संस्थाहरु मार्फत देहायका पेशागत विषयहरुमा आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाहरुमा भौचर प्रणालीमा आधारित ३ महिने (३९० घण्टे) सीपमूलक तालिम निशुल्क रुपमा सञ्चालन हुने भएकोले इच्छुक गरिब, बेरोजगार युवाहरुले अनलाईनमार्फत आवेदन फाराम भर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । आवेदन फाराम यस परियोजनाको वेवसाइट www.event.gov.np बाट अनलाईन फाराममा क्लिक गरी भर्न सकिने छ । अनलाईनबाट फाराम भर्ने अन्तिम मिति: २०७६ साल असोज १६ गते राती १२:०० बजे सम्म । सम्भाव्य सीपमूलक तालिमका पेशागत विषयहरु आर्क वेल्डर कार्पट वेभर

  1. बिल्डिड इलेक्ट्रिसियन 
  2. आल्मुनियम फैविकेटर 
  3. चाइनिज कुक
  4. बिल्डिड पेन्टर 
  5. इण्डष्ट्रियल इलेक्ट्रिसियन
  6. जनरल कुक
  7. बेकर इण्डियन कुक
  8. जुनियर कम्प्युटर हार्डवयर टेक्निसियन 
  9. ब्रिकलेयर 
  10. मेशन 
  11. इसिडि फेसिलिटेटर
  12. जुनियर पल्मबर
  13. भिलेज एनिमल हैल्थ वर्कर 
  14. एफएम स्टुडियो टेक्निसियन 
  15. टायलामार्वल फिटर
  16. मोटरसाइकल सर्भिस मेकानिक 
  17. एसिस्टेन्ट लाइबेरियन 
  18. टेलरिङ्ग
  19. मोवाइल फोन रिपेयर टेक्निसियन 
  20. एसिस्टेन्ट वेटर
  21. टेलिकम टेक्निसियन
  22. रिसेप्सनिष्ट एसिस्टेन्ट 
  23. व्युटिसियन 
  24. ड्रेस मेकर
  25. रेफ्रिजेरेशन एण्ड एयर कण्डिशन जुनियर मेकानिक 
  26. कन्टिनेन्टल कुक 
  27. थान्का (पौवा) आर्ट
  28. बेमौसमी तरकारी उत्पादक कमी-॥ 
  29. फर्निचर मेकर
  30. हाउस किपिङ/क्लिनर 
  31. कम्युनिटि एग्रिकल्चर एसिस्टेन्ट 
  32. फेशन डिजाइनर
  33. याण्ड ईम्ब्रोइडरी 
  34. कम्युनिटी लाईभस्टक एसिस्टेन्ट
  35. बारवर

तालिमका विशेषताहरूः 

  1. तालिम तथा सीप परीक्षण निशुल्करुपमा हुने । 
  2. तालिमको समयमा खाजाको व्यवस्था हने । 
  3. गरिब महिला, आदिबासी जनजाती मधेसी, दलित,अपाङ्गता,अति सीमान्तकृत तथा सीमान्तकृत जनजाती, पिछडिएको क्षेत्रमा बसोवास गर्ने व्यक्तिलाई प्राथामिकता दिइने
  4. तालिम पश्चात संस्थाबाट रोजगारीका लागि सहजीकरण हुने । 
  5. ६ वर्षदेखि ४० वर्ष उमेर समूहका महिला र पुरुष तालिममा सहभागी हुन पाउने । 
  6. आवेदन फाराममा रहेका सूचक तथा सत्यापन भएका आवेदकहरु मध्येबाट सहभागी छनौट गरिने ।

अनलाईनबाट फाराम भर्दा अपलोड गर्नुपर्ने कागजातहरु:

  1. अनिवार्य रुपमा नागरिकता प्रमाणपत्रको स्क्यान प्रति अपलोड गर्नु पर्ने । 
  2. अति सीमान्तकृत तथा सीमान्तकृत जनजातिको सूचीकृत जाती बाहेक अन्य जनजाती,दलित, अपाङ्गता एकल महिला जस्ता विशेष अवस्था भएका आवेदकहरु जनजातीको हकमा सोको प्रमाण खुल्ने कागजातको स्क्यान प्रति अपलोड गर्नु पर्ने ।

फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु 

  1. एउटा मोवाइल नं. एक जनाको फाराममा मात्र प्रयोग गर्नु पर्नेछ । 
  2. फाराम Save गरे पछि मोवाइलमा आएको भेरिफिकेशन कोड डाटावेशमा इन्ट्री गरेपछि मात्र फाराम पेश हुनेछ। 
  3. परियोजनाबाट विशेष अवस्थाको कागजात नागरिकता प्रमाणपत्र र अन्य प्रेषित विवरणहरु रुजु गरी फाराम स्वीकृत भएपछि मात्र टोकन नं. मोवाइलमा आउने छ ।

 थप जानकारीका लागिः 

फोन नं. ०१४७८६३११,४७८६४११ टोल फ्रि नं. १६६००१६७ (यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन)

प्रमोद कुमार शर्मा 
उप सचिव

परियोजना सचिवालय, बुद्धनगर, काठमाडौं, वेभसाइट: www.event.gov.np:
इमेल: info@event.gov.np, टोल फ्रि नं. १६६००१६७७७७

Thuprai - Books and E-books