CMAT

डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नयमित आंशिक परीक्षाको आवेदन खुला

Bachelors Portal

प्रविधि शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियनत्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नयमित आंशिक परीक्षाको आवेदन फाराम भर्न सूचित गरेको छ ।

विभिन्न विषयको प्रथम खण्ड, प्रथम वर्षको नियमित आंशिक परीक्षा २०८० बैशाखमा सञ्चालन गर्ने भएकोले परीक्षाको आवेदन फाराम भर्न सूचित गरेको हो । साथै सर्तहरु पुरा नगर्ने तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षालायका परीक्षार्थीहरुलाई परीक्षामा सम्मिलित नगराइने जनाएको छ ।

त्यसैगरी विशेष प्रविधि शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७५ देखि भर्ना भई रजिस्ट्रसन कायम भएका प्रशिक्षार्थीहरुले प्रथम खण्ड, प्रथम वर्षको आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न पाउने छन् । परीक्षार्थीहरुले २०८० बैशाख ३ गतेभित्र अवेदन बुझाउनु पर्ने छ ।

Tag:परीक्षा आवेदन फाराम