अभिलेख नभेटेपछि पुनः विज्ञापन

लोकसेवा आयोगले आफ्नो सफ्वेरमा भएको अभिलेख हराएपछि पुनः विज्ञापन आव्हान गरेको छ । आयोगले डाटा रिकभर हुने–नहुने यकिन नभएको भन्दै केही पदमा पुनः दरखास्त आह्वान गरेको हो । पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको छ ।  

पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उमेदवारहरूले मात्रै आवेदन दिनसक्नेगरी विज्ञापन गरेको हो ।दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ ।  

डाटा रिकभरी अनिश्चित रहेकाले जेठ महिनादेखि सञ्चालन हुनेगरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसके आयोगको कार्यतालिका प्रभावित हुने भन्दै विज्ञापन गरेको हो । दरखास्त दिइ परीक्षाको तयारी गरिरहेका उमेदवारहरूलाई समेत मर्का पर्ने भन्दै आयोगले मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनमा पुनः आवेदन माग गरेको छ ।

Thuprai - Books and E-books