After SEE Portal

४३३ जना सहसचिव र उपसचिवका लागि विज्ञापन (विज्ञापनसहित)

Bridge Course

लोक सेवा आयोगले ४३३ जना सहसचिव र उपसचिव छनोटका लागि विज्ञापन गरेको छ । आयोगले सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन गरेको हो । 

आयोगले आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ सहसचिवमा भने विज्ञापन  गरेको  छैन । तर उपसचिव पदमा भने क्रमशः ३, ६ र ११ पदमा विज्ञापन  गरेको छ ।

यसैगरी इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी भर्ना गरिने छ ।त्यस्तै कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवको लागि भर्ना खुला गरेको छ ।

स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६,राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, जनाका लागि लोक सेवा आयोगले आज विज्ञापन गरेको छ ।

विस्तृत जानकारीको लागि यहाँ जानुहोस्ः

Tag:लोक सेवा आयोग
Thuprai - Books and E-books