After SEE Portal

श्रम अध्ययन (Labour Studies) स्नातकोत्तर कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय

मानविकी तथा सामाजिक शास्त्र सङ्काय 

श्रम अध्ययन स्नातकोत्तर कार्यक्रम कीर्तिपुर, काठमाडौं ।

श्रम अध्ययन (Labour Studies) स्नातकोत्तर कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना

 

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयअन्तर्गत यही शैक्षिक सत्र २०७६ (सन् २०२०) बाट सञ्चालन हुने श्रम अध्ययन, स्नातकोत्तर कार्यक्रममा पहिलो समूह (First Batch) को रूपमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम देहायबमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबै को जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।।

पाठ्यक्रम : श्रम र श्रमिकका क्षेत्रमा लामो समयको अध्ययन, अध्यापन र अनुसन्धान गरेका प्राध्यापक र अनुसन्धाताको संलग्नतामा तयार पारिएको र विश्वस्तरका श्रम विश्वविद्यालय [China University of Labour Relations/Global Labour Universities - GLUS (University of Kassel, Germany; University of the Witwatersrand, Johannesburg, South Africa and Centre for Economic Studies and Planning. Jawaharlal Nehru University)] का प्राध्यापकसँगको अन्तक्रियाबाट अन्तिम रूप दिइएको ।

उद्देश्य र सिकाइ : श्रम अध्ययन स्नातकोत्तर कार्यक्रमले श्रम र यसका बहुआयामिक सम्बन्धका बारेमा विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान र सीप सिकाउने; श्रमलाई सम्मान गर्दै यस विषयको प्राज्ञिक अध्ययन, अनुसन्धान गर्ने, श्रमसम्बन्धी नीतिनिर्माण र कार्यान्वयनका पक्षमा काम गर्न विश्वबजारमा दक्ष जनशक्ति उत्पादन गर्ने आदि उद्देश्य लिएको छ । सम्पूर्ण पाठ्यक्रमको पढाइ/सिकाइ सहभागितामूलक तथा विद्यार्थी केन्द्रित हुने छ र सबै विद्यार्थीले कक्षामा हुने Seminar, workshops, class room discussions, group works, presentations, project works जस्ता विविध गतिविधिमा समान सहभागिताको अवसर प्राप्त गर्ने भएकाले विद्यार्थीले सोको कौशल देखाउनु पर्ने छ।

विशेष अवसर : यस कार्यक्रममा भर्ना भएका विद्यार्थीले श्रमको क्षेत्रमा स्थापित विश्वविद्यालयहरू, राष्ट्र संघीय निकाय, ट्रेड युनियन, सरकारी तथा गैरसरकारी क्षेत्रका परियोजना तथा अनुसन्धान गर्ने संघ, संस्थाहरूसँग सम्पर्क, समन्वय तथा सहकार्य गर्ने विशेष अवसर प्राप्त गर्न सक्ने छन्। |

१. आवेदनका लागि न्यूनतम योग्यता : त्रि.वि वा यसबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै पनि विषयमा स्नातक तह (Bachelor Level) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । प्रवेश परीक्षा (Entrance Exam) र मौखिक परीक्षा दुवैमा उत्तीर्ण भई योग्यताक्रम भित्र परेकाले मात्र भर्ना पाउने छन्।

२. आवेदन फर्म वितरण र बुझाउने अवधि : २०७६ माघ ५ गतेदेखि फागुन ४ गतेसम्म

३. विलम्ब शुल्क सहित फाराम बुझाउने अवधि : २०७६ फागुन ५ गतेदेखि ११ गतेसम्म

४. आवेदन दस्तुर : रु. १,५००/- र विलम्ब दस्तुर रु ३,०००/

५. प्रवेश परीक्षा मिति : २०७६ फागुन १७ गते दिउँसो १:०० बजे

६. प्रवेश परीक्षको नतिजा प्रकाशन : २०७६ फागुन १९ गते

७. मौखिक परीक्षा : २०७६ फागुन १ र २२ गते

८. अन्तिम नतिजा प्रकाशन : २०७६ फागुन २२ गते अपराह्न ५:०० बजेपछि

९. कक्षा सञ्चालन : २०७६ चैत्र पहिलो साताबाट, अपराह्न ४:०० बजेदेखि ७:३० बजेसम्म)

१०. आवेदन फाराम श्रम अध्ययन स्नातकोत्तर कार्यक्रम तथा मानविकी तथा सामाजिक शास्त्र सङ्काय,

डीनको कार्यालयबाट प्राप्त गर्नसकिने छ । साथै, यस सङ्कायको website:www.tufohss.edu.np

बाट Download गरी समेत प्राप्त गर्न सकिने छ। ११. आवेदन फाराम लिने र बुझाउने स्थान :

श्रम अध्ययन स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भवन (विद्यार्थी क्लब/खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम संगै):- अपराह्न ०४:०० बजेपछि - मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालय, बल्खु :- बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म

श्री ओमनाथ दाहाल : सम्पर्क नं. ९८४१४१५०७७)

अन्य विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिन्छ।

डा. केशवप्रसाद अधिकारी

कार्यक्रम संयोजक सम्पर्क नं. ९८४१४६३७१७

Tag:भर्ना
Thuprai - Books and E-books