कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप सम्बन्धी सूचना

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुर

रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप सम्बन्धी सूचना !

शैक्षिक सत्र २०७६/७७ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम बुझाउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित शैक्षिक कार्यतालिका अनुरूप मिति २०७६ असोज २६ गतेसम्म विलम्ब शुल्करहित (प्रति विद्यार्थी रू. ४००/-) र मिति २०७६ कात्तिक १८ गतेसम्म विलम्ब शुल्कसहित (प्रतिविद्यार्थी रू. 500/-) का दरले हुने रकम राष्ट्रिय परीक्षा बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचरसहित रजिष्ट्रेशन आवेदन फारामहरू मिति २०७६ कात्तिक २४ गतेभित्र Online फाराम भर्ने र बोर्डका सम्बन्धित कार्यालयहरूमा रसिद काटी बुझाउन सूचित गरिएकोमा उक्त समयभित्र Online फाराम नभरेका वा बोर्डका कार्यालयहरूमा फाराम नबुझाएकाका हकमा मिति २०७६ मंसिर ६ गतेभित्र दोब्बर दस्तुर (प्रतिविद्यार्थी रू. 500/-) सहित Online फाराम भरी बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउने तथा तोकिएको समयभित्र Online फाराम भरेका तर फाराम नबुझाएकाले समेत उक्त मितिभित्र फाराम बुझाउने गरी म्याद थप गरिएको व्यहोरा सूचित गरिन्छ ।

साथै तोकिएको म्यादभित्र फाराम नभर्ने/नबुझाउने विद्यालय/क्याम्पसका प्र.अ./क्याम्पस प्रमुखहरूलाई सचेत गराउने र आवश्यक थप कार्वाहीका लागि सोको जानकारी सम्बन्धित स्थानीय निकायलाई लेखी पठाउने निर्णयसमेत भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पुनश्चः राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयहरूले आ-आफ्नो कार्य क्षेत्रभित्रका विद्यालयहरुलाई जानकारी गराई यसै सूचनाबमोजिम गर्नु गराउनुहुन अनुरोध गरिन्छ।

परीक्षा नियन्त्रक

Thuprai - Books and E-books