अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने

 शिक्षा तथा मानकोत विकास केन्द्रले अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०७८ भाद्र २३ ९सेप्टेम्वर ८,२०२१० गतेका दिन"Literacy for a human-centered recovery: Narrowing the digital divide" भन्ने नाराका साथ मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई, सवै श्री स्थानीय तहलाई निर्देशन दिएको छ ।

स्थानीय तहमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले गरेको निर्णय तथा स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गर्ने गरी जिल्ला स्थानीय तहमा सामुदायिक तथा संस्थागत विद्यालयहरु, सामुदायिक सिकाइ केन्द्रहरु, क्याम्पसहरु, विभिन्न संघ संस्थाहरु, पत्रकार, नागरिक समाज, अभिभावकहरु, विद्यार्थी संघ संगठनहरु, राजनैतिक दलहरु, अनौपचारिक प्रौढ तथा खुला विद्यालयहरुसँग समन्वय र सहकार्य गरी विभिन्न रचनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरी मनाउन निर्देशन दिएको छ ।

 

Thuprai - Books and E-books