After SEE Portal

पैतालीसौं दीक्षान्त समारोह सम्मिलित हुन Online फाराम भर्ने सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौं 

पैतालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन Online फाराम भर्ने सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने पैतालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०७५ साल जेष्ठ १८ गतेदेखि २०७६ साल जेष्ठ ३१ गते तदनुसार सन् २०१८ जून १५ देखि २०१९ जुन १४ सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका र सोही अवधि भित्र विद्यावारिधि (Ph.D) पूरा गरेका इच्छुक विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको Website http://tuexam.edu.np/convocation/ मार्फत Online फाराम भर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

आवेदन फाराम भर्ने विधि र आवश्यक कागजातहरू - 

  1. त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयको Website : tuconvocation.tuexam.edu.np मा राखिएको आवेदन  फाराम आवेदक स्वयंले भरी Online बाट नै सोही Website मार्फत submit गर्नु पर्नेछ । आवेदन फाराम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएको दिनहरुमा कुनै पनि समयमा भर्न सकिनेछ। 
  2. Website Online फाराम १५ सेप्टेम्बर २०१९ देखि १९ अक्टोबर २०१९ गतेसम्म मात्र उपलब्ध हुनेछ । उक्त अवधि भित्र मात्र कुनै पनि समयमा फाराम भर्न सक्ने समेत जानकारी गराईन्छ । बैकमा १८ अक्टोबर २०१९ भित्रमा रकम जम्मा गरिसकेको हुनुपर्नेछ । १९ अक्टोबर २०१९ पछि Online फाराम स्वतः बन्द हुनेछ। 
  3. Online आवेदन फाराम भर्दा MRP साईजको फोटो, नागरिकताको प्रमाणपत्र वा पासपोर्ट र ट्रान्स्कृप्ट Scan गरी upload गर्नु पर्नेछ । Online फाराम भरिसकेपछि e-mail मार्फत प्राप्त सम्पूर्ण PDF Document Print गरी सुरक्षित राख्नु पर्नेछ। 
  4. दीक्षान्त समारोह सम्बन्धी विस्तृत कार्यक्रमको सूचना प्रकाशित भए पश्चात् गाउन/स्कार्फ लिन आउँदा e-mail मार्फत प्राप्त PDF Documents लाई Print गरी परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नु पर्नेछ । 
  5. दीक्षान्त समारोहमा सम्मिलित हुन चाहने सम्बन्धित विद्यार्थीहरुले निम्नानुसार शुल्क दाखिला गर्नु पर्नेछ।

दीक्षान्त तथा  प्रमाणपत्र शुल्क 

 गाउन /Convocation Cap/स्कार्फ धरौटी 

जम्मा रु.

 क) स्नातक

२,२००।

१,५००।

३,७००/

ख) स्नातकोत्तर तथा एम.फिल.

२,७००।

१.५००।

४,२००/

ग) विद्यावारिधि (पिएच.डी.)

३,२००।

१,५००।-

४,७००।- | 


  1. दीक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिनेछ । दीक्षान्त समारोहमा अभिभावक सरिक गराउने भएमा प्रति अभिभावक शुल्क रु.३००।- का दरले (फिर्ता नहुने) थप शुल्क लाग्नेछ। 
  2. उपरोक्तानुसारको शुल्क नेपाल बैंक लि (खाता नं.०४५००१०००९९११०००००१६) वा ग्लोवल IME वैक लि. (खाता नं. ५०१०१००००३८९) मार्फत मात्र दाखिला गर्नु पर्नेछ। 
  3. वैक भौचरमा आफ्नो TU Registration Number, नाम तथा Grace Number समावेश गर्नु पर्नेछ । Grace Number को लागि tuconvocation.tuexam.com मा गई पत्ता लगाउन सकिनेछ । 
  4. शुल्क बुझाउँदा अनिवार्य रुपमा Receipt तथा Transaction ID प्राप्त गर्नु पर्नेछ । सो Transaction ID प्रविष्ट गरेर मात्र दीक्षान्त फाराम भर्न सकिने छ। 
  5. दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको website : tuexam.edu.np, |tuconvocation.tuexam.edu.np तथा गोरखापत्र शीष्ट्रय दैनिकमा पछि प्रकाशित गरिनेछ । 

द्रष्टव्य:

  1. Online फाराम भर्दा केही समस्या भएमा tu.convohelpdesk@gmail.com मा सम्पर्क राख्न सकिनेछ। 
  2. धरौटी रकमबाट रु. ३००।- गाउन/ स्कार्फ /Convocation Cap को maintenance charge कट्टा गरिनेछ। 
  3. दीक्षान्त समारोहको एक वर्ष भित्र आ-आफ्नो मूल प्रमाणपत्र लिनु पर्नेछ अन्यथा त्रि.वि. नियमानुसार थप जरिवाना शुल्क लाग्नेछ ।

परीक्षा नियन्त्रक

Thuprai - Books and E-books