A Levels MA

पैंतालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय - परीक्षा नियन्त्रण कार्यालय, बल्खु

पैंतालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना 

त्रिभुवन विश्वविद्यालयको पैतालीसौं दीक्षान्त समारोह २०७६ साल पौष ३ गते बिहिवार तदनुसार डिसेम्बर १९, २०१९ का दिन पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा आयोजना गरिने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । समारोहमा सहभागी हुने विद्यार्थीहरुले आ-आफ्नो गाउन/स्कार्फ / टोपी पहिरी बिहान १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र बसाई व्यवस्थापन अनुसार तोकिएको स्थानमा बसिसक्नु पर्नेछ । विद्यावारिधि (Ph.D.) र दीक्षान्त पदक पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरु सवभन्दा अगाडी पट्टीको पङ्तिमा आफ्नो नाम तोकिएको सिटमा बस्नु हुनेछ । यस समारोहसाग सम्बन्धित अन्य विस्तृत कार्यक्रम निम्नानुसार हुनेछ :

१. गाउन/स्कार्फ/टोपी वितरण : 

  • क. मिति २०७६ साल मंसिर २५ गतेदेखि पौष २ गतेसम्म (बिदाका दिनमा समेत वितरण गरिनेछ । 
  • ख. समय : बिहान १०:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म । 
  • ग. स्थान : त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खु । 
  • घ. अनिवार्य रुपमा ल्याउनु पर्ने कागजातहरु : दीक्षान्त समारोहमा भाग लिन अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन संकलन फर्म ल्याउनु पर्नेछ। 
  • ङ. समारोहको दिन २०७६/९/३ गते गाउन स्कार्फ टोपी समारोह स्थलबाट वितरण नगरिने भएकोले उपरोक्त तोकिएको मिति भित्रै गाउन/स्कार्फ टोपी अनिवार्य रुपमा लिई सक्नु पर्नेछ। 

२. पोशाक : 

समारोहमा भाग लिन आउने विद्यार्थीहरुले लगाउनु पर्ने पोशाक निम्नानुसार हुनेछ । 

क, छात्रहरुले आफू खुशी पोशाकमा वा कोट, पाइण्ट, टाईमा र त्रि.वि.ले उपलब्ध गराएको गाउन/ स्कार्फ / टोपी। 

ख. छात्राहरुले आफू खुशी पोशाक वा साडी, ब्लाउजमा र त्रि.वि.ले उपलब्ध गराएको गाउन/स्कार्फ / टोपी। 

सूचना को पूर्ण पाठ !

Thuprai - Books and E-books