After SEE Portal

स्नातक तह चौथो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरूको लागि अत्यन्त जरूरी सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु

२०७७ सालको स्नातक तह चौथो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरूको लागि अत्यन्त जरूरी सूचना

हाल विश्वब्यापी रूपमा फैलिएको कोभिड-१९ को प्रकोप नेपालमा पनि देखिएको अवस्थामा २०७६ साल चैत्र महिनादेखि स्थगन भएका परीक्षाहरूको सम्बन्धमा नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को मिति २०७७ आश्विन २७ गतेको बैठकबाट यस पटकको लागि मात्र परीक्षार्थीलाई हाल आफू बसिरहेको जिल्लामा पायक पर्ने परीक्षा केन्द्रबाट स्वास्थ्य मापदण्डसहित सामाजिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्ने निर्णय भएअनुसार २०७७ सालको स्नातक तह चौथो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरूले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको website: tuexam.edu.np मा गई आफूलाई पायक पर्ने जिल्ला छान्ने र link मा गई संलग्न फारममा तोकिएको विवरण सहित आवश्यक प्रमाणहरू समाविष्ट गरी मिति २०७७ कार्तिक १६ गतेसम्म भरिसक्नु हुन सम्बद्ध परीक्षार्थीहरूलाई सूचित गरिन्छ।

पुनश्चः तोकिएको अवधिभित्र उक्त फारम नभर्ने परिक्षार्थीहरूले विगत वर्षहरूझै आ-आफ्नो क्याम्पस केन्द्रबाट मात्रै परीक्षा दिनु पर्नेछ।

परीक्षा नियन्त्रक

Tags:परीक्षा आवेदन फारामपरीक्षा तालिका
Thuprai - Books and E-books