Bachelors Portal

युवा वैज्ञानिक सम्मेलन सम्पन्न

Managed Admission 2022

दुईदिने युवा वैज्ञानिक सम्मेलन आज सम्पन्न भएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त सम्मेलन आयोजना गरेको हो ।

‘विज्ञान र प्रविधिको समृद्धिमा अन्तर्राष्ट्रिय युवा सम्मेलनः जल, जमीन र वातावरणसँग सम्बन्धित जीवन’ नारासहित सम्मेलन शुरु भएको थियो । सम्मेलनमा नेपाललगायत नौ देशका युवा वैज्ञानिकको उपस्थिति रहेको थियो । उहाँहरुले आफ्नो निश्चित अनुसन्धानको बारेमा अनुभव आदान प्रदान गर्नुभएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का मुख्य वैज्ञानिक डा टिकाबहादुर कार्कीका अनुसार सम्मेलनमा कृषि तथा वन विज्ञानसँग सम्बन्धित विज्ञान पत्र, विपतका साथै खतरा नियन्त्रण र पूर्वसूचना प्रणालीको विधि, जलवायु परिवर्तन र प्राकृतिक स्रोत साधनको व्यवस्थापनका साथै विज्ञान र प्रविधिबारे चर्चा गरिएको थियो । 

सम्मेलनमा नेपालको तर्फबाट ‘सेन्ट्रल डिपार्टमेन्ट अफ हाइड्रोलोजी एण्ड मेट्रोलोजी, नेपाल कृषि अनुसन्धान परिषद्, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयलगायत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका युवा वैज्ञानिक सहभागी थिए ।

Select college / campus