A Levels MA

वर्ल्ड बुक अफ रेकर्डमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोट

वर्ल्ड बुक अफ रेकर्डस्ले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेसन नेपाल छनोट भएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्ड लिमिटेड नामक संस्थाले  फाउण्डेसनलाई सो सूचीमा छनोट गरेको हो । ।  

सो रेकर्डको वर्ष २०२० को सिल्भर संस्करणको पुस्तकमा फाउण्डेसनको नाम  सम्मिलित भएको फाउण्डेसनले पत्रकार सम्मेलनमा जानकारी दियो । भरतपुरमा शुक्रबार आयोजना गरिएको  पत्रकार सम्मेलनमा  शिक्षा, तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले फाउण्डेसनलाई बुधबार प्रमाणपत्र हस्तान्तरण गरेको फाउण्डेसनका अध्यक्ष सस्मित पोखरेलले  जानकारी दिए ।

फाउण्डेशनले गत वर्ष भदौमा न्यु क्यापिटल कलेज, रत्ननगर चितवनमा एस्पायर स्कोलाश्टिक मिट नामक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बहस/वादविवाद, वक्तृत्व कला, निवन्ध लेखन, चित्रकलालगायत विभिन्न १३ क्षेत्रको कार्यक्रम भिजिट नेपाल २०२० को थेममा गरिएको थियो । 

प्रतियोगितामा नेपाल भ्रमण वर्ष २०२० लाई प्रमुख विषय बनाइएको थियो । वल्र्ड रेकर्डको लिष्टिङमा पर्दै विभिन्न प्रक्रिया पार गरेपछि फाउण्डेशनले २०२० नोभेम्बर १८ तारिखका दिन प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । स्कोलाष्टिक मिट २०१९ मा एकै ठाउँमा वक्तृत्वकला, निबन्ध लेखन, चित्रकला, लगायत विभिन्न १३ प्रकारका प्रतियोगिताको आयोजना गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले बताए । 

आफूहरूले विद्यार्थीहरूमा सृजनाको भोक जगाउने काम गरेको बताउँदै फाउण्डेशनका अध्यक्ष सस्मित पोख्रेलले वर्ल्ड बुक अफ रेकर्डको सम्मानले आफूमा थप ऊर्जा थपिएको उल्लेख गरे । पत्रकार सम्मेलनमार्फत नै भट्टराईले विभिन्न आठ वटा कार्यक्रमको समेत घोषणा गरेका थिए । विद्यार्थीहरूमा फरकफरक प्रतिभा हुने भएकाले उनीहरूलाई आफ्नो कलासँग साक्षात्कार गराउनु पनि फाउण्डेशनको उद्देश्य रहेको उनले बताएका थिए ।

नेपालको शिक्षा क्षेत्रमा अधिकतम परिवर्तनको आवश्यकता देखिएकोले त्यसका लागि अभियान चलाउन २ वर्ष अघि यस फाउण्डेशनको स्थापना गरको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिए । विद्यार्थीहरुमा सिर्जनाको उत्साह भरिदिने र बौद्धिकताको भोक जगाउन संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वयन गरेर देशभर कार्यक्रमहरु सञ्चालन गर्दै जाने उनले बताए । 

आफूहरूले विद्यार्थीहरूमा सृजनाको भोक जगाउने काम गरेको बताउँदै फाउण्डेशनका अध्यक्ष सस्मित पोख्रेलले वर्ल्ड बुक अफ रेकर्डको सम्मानले आफूमा थप ऊर्जा थपिएको उल्लेख गरे । पत्रकार सम्मेलनमार्फत नै भट्टराईले विभिन्न आठ वटा कार्यक्रमको समेत घोषणा गरेका थिए । 

विद्यार्थीहरूमा फरकफरक प्रतिभा हुने भएकाले उनीहरूलाई आफ्नो कलासँग साक्षात्कार गराउनु पनि फाउण्डेशनको उद्देश्य रहेको उनले बताएका थिए ।

Thuprai - Books and E-books