After SEE Portal

‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ विषयक कार्यशाला सम्पन्न

Bridge Course

दक्षिण एशिया तहको ३ दिने सम्मेलन काठमाडौं विश्वविद्यालयमा सम्पन्न भएको छ ।

काठमाण्डौं विश्वविद्यालय नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस) को अगुवाइमा सोसल साइन्स एण्ड ह्युमानिटी एसोसिएन, भारत, समाजशास्त्रीय समाज नेपाल र नेपाल अङ्ग्रेजी शिक्षक संघको सहकार्यमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेनेजमेन्ट परिसरमा बैशाख २९ मा शुरु अन्तर्राष्टि«य सम्मेलन आईतवार सम्पन्न भएको हो ।

समाज विज्ञानका विभिन्न विद्यामा दख्खल भएका ७० भन्दा बढि अध्येताहरूको सहभागितामा शुरु भएको उक्त सम्मेलन ‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ भन्ने शिर्षकमा सम्पन्न भएको हो ।

उक्त परिचर्चाको उद्घाटन गर्दै उपकुलपति डा. भोला थापाले यस्ता सहकार्यले समग्रमा दक्षिण एशियालाई एक पहिचानका रुपमा अगाडि बढाउन सहयोग गर्ने बताए ।

उस्ता कार्यमा सहकार्यकालागि काठमाडौं विश्वविद्यालय तयार रहेको र यस्ता कार्यक्रमहरूले संसारका कुना कुनामा रहेका शैक्षिक संस्थाहरूलाई सम्झेको अनुभव आफूले गरेको बनाए ।

उद्घाटन सत्रका मुख्य बक्ताका रुपमा बोल्दै प्राध्यापक कृष्ण खनालले अहिलेको परिस्थितिमा जसकालागि भनेर सुशासन या विकासका नाममा योजनाहरू बन्छन या काम भइरहेका देखिन्छन्, ती अरु कसैको हितमा तयारी भएको देखिइरहेको पाइएकोमा चिन्ता व्यक्त गर्दै यस्ता छलफलले कुन कार्यक्रम कसका लागि डिजायन गरेको रहेछ, कुन कार्यक्रमले कसकालागि काम गरेको छ, र कसका हितमा छैन भन्नेमा काम गरेमा यस्ता सम्मेलनले आफ्नो सान्र्दभिकता प्रस्तुत गर्नेमा जोड दिए।

सोसल साइन्स एण्ड ह्युमानिटी एसोसिएन, भारत का प्रतिनिधि प्राध्यापक अस्विनि अग्रवाल, राजस्तानका समाजशास्त्री आलोक कुमार मिना, समाजशास्त्रीय समाज नेपालका सदस्य विष्णु बस्याल र नेपाल अङ्ग्रेजी शिक्षक संघकी अध्यक्ष मोतीकला सुब्बा देवान, इण्डियन इष्टिच्युसन अफ मास कम्युनिकेसन–आइआइएमसीका प्राध्यापक सुर्भी दहिया, स्कुल अफ आर्टसका डिन एक्कुमाया पुन लागयतले आफ्नो मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा अध्यक्षता गर्दै प्राध्यापक लोकराज बरालले न्याय र सुशासनका क्षेत्रमा नेपालले धेरै काम गर्नुपर्ने बताए।

 समापनमा अतिथि बक्ता रहेका राजनितिशास्त्री कृष्ण हाछेथुले समग्रमा दक्षीण एशियाको न्याय र सुशासनको अवस्थाको फेहरिस्त उपलब्ध गराउदै संगोष्ठिले नागरिक तहमा काम गर्न उत्साह मिल्ने भन्दै आयोजकलाई आभार व्यक्त गरेका थिए ।

उद्धब प्याकुरेल र समाजशास्त्री आलोक कुमार मिना संयोजक रहेको र समाज विज्ञानका विभिन्न विद्यामा दख्खल भएका ७० भन्दा बढी अध्येताहरूको सहभागितामा शुरु यस क्षेत्रीय सेमिनारमा भारतका प्राध्यापक र अध्येताहरूबाट मात्र ५० बढी कार्यपत्र प्रस्तुत गरिएको थियो ।

A Levels MA