After SEE Portal

त्रिविका १५ बुँदे सुधार योजनामा काम थालनी गरिएकोः उपकुलपति बास्कोटा

Bridge Course

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको चार वर्ष पुरा हुन तीन दिन बाँकि छ ।

उपकुलपति प्राडा वास्कोटाले चार वर्षमा आफूले अघि सारेका १५ बुँदे सुधार योजनामा तय गरिएका कामको थालनी भएको बताएका छन् ।

उपकुलपति बास्कोटाले चार वर्षमा भए–गरेका उपलब्धीहरूका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

पत्रकार भेटघाट कार्यक्रममा उपकुलपति प्राडा वास्कोटाले १५ बुँदे सुधार योजना अन्तर्गत पूर्वाधार विकास भएको, प्रविधि मैत्री विश्वविद्यालय निर्माणको थालनी गरिएको बताएका छन् ।

अनुसन्धान क्षेत्रमा प्राप्त भएका नजिता, शैक्षिक पात्रोलाई व्यवस्थित गर्न अघि सारिएका सुधारका प्रयत्नहरु, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणका अभ्यास भएको दाबी गरे ।

बजारमुखी स्वोरोजगार जनशक्ति निर्माणका लागि थालनी गरिएको बताए ।

शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि गरी उत्प्रेरणा जगाउन गरिएका थालनी भएको, अङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुको प्रभावकारी नियमन सुरु गरिएको बताएका छन् ।

उच्चशिक्षाको अन्तराष्ट्रियकरणमा थालनी गरिएको दाबी गराएका छन् ।

उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले त्रिभुवन विश्वविद्यालयलाई नेतृत्व दिइरहँदा आफूले भोगेका अनुभव र सुधारका लागि गरिएका प्रयत्नहरुको समीक्षा गरेका थिए ।

यस्ता थिए सुधार योजना

योजनामा त्रिविको भौतिक पूर्वाधारमा सुधार गर्ने, त्रिवि परिसरलाई पर्खालले घेर्ने, सबै आंगिक क्याम्पसका राम्रा कक्षाकोठा, भवनमा जाने सडक पक्की, सुन्दर बगैंचा, व्यवस्थित पुस्तकालय तथा कक्षाकोठा मल्टिमिडिया प्रयोग गरिएको हुनुपर्ने उल्लेख थियो ।त्रिविलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने, अनुसन्धान केन्द्रलाई उचित बजेट व्यवस्था गर्ने र त्रिविका अनुसन्धान केन्द्रलाई सरकारको प्रबुद्ध समूह ‘थिंक ट्यांक’का रूपमा विकास गर्ने उल्लेख गरिएको थियो ।त्रिविमा निश्चित शैक्षिक पात्रोको व्यवस्था गरी त्यसलाई पालना गर्ने, परीक्षा प्रणालीमा व्यापक सुधार र विकेन्द्रीकरण गर्ने, तीन महिनाभित्र नतिजा प्रकाशनका लागि व्यवस्था गर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको व्यवस्था गर्ने जस्ता योजनामा समेटिएका थिए।

यस्तै, अभियानअन्तर्गत केन्द्रमा तीन हजार विद्यार्थी अट्ने मेघा हल बनाएर एउटै परीक्षा केन्द्र बनाउने, सीसीटीभी जडान गरेर बनाइने मेघा हलमा उपत्यकामा रहेको क्याम्पसमा रहने परीक्षा केन्द्र हटाउने योजना बनाएका थिए ।

यसैगरी उनले राष्ट्रिय योजना आयोग र त्रिविबाट उत्पादित जनशक्ति खपत गर्न संघसंस्थाको समन्वय तथा सरकार र उपभोक्तासँग समन्वय गरी पाठ्यक्रम परिमार्जन गर्दै जाने योजनामा उल्लेख गरेका थिए। उच्च शिक्षातर्फ अन्तर्राष्ट्रीयकरण गर्दै लैजाने, विद्यार्थीका लागि खेलकूदको व्यवस्था गर्ने, दस प्रतिशत छात्रवृत्ति कोटालाई कडाइका साथ लागू गर्ने, त्रिविको सम्पत्ति पहिचान गर्ने, नियमन गर्ने, संरक्षण गर्ने र संस्थागत हितमा अधिकतम् प्रयोग गर्ने सुधार योजनामा समेटिएको थिए।त्रिविका विकृति विसंगतिलाई हटाउँदै सुशासितन बनाउने नीति निर्माण, निर्णय कार्यान्वयन, आर्थिक लगायतका सबै क्षेत्रको पारदर्शिता कायम गर्ने आफ्नो सुधार नीतिमा उल्लेख गरेका थिए।

त्यस्तै, शिक्षकको मूल्यांकन गर्न एक एकाइ स्थापना गर्ने, त्रिविमा लामो समयदेखिको बेरुजु फछ्र्योट गर्न विशेष कार्ययोजना बनाउने, त्रिविको अभिलेखीकरणलाई व्यवस्थित बनाउने, निवृत्त विद्वानको सल्लाहकार समूह बनाउने तथा त्रिवि ऐन, नियम एवं विनियमको समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै कानुनी रूपमा विश्वविद्यालयलाई सबल बनाउने कार्ययोजना  कार्यभार सम्हाले लगतै सार्वजनिक गरेका थिए ।

चारवर्षे कार्यकालको प्रगति विवरण

 

A Levels MA