A Levels MA

२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?

कोरोना भाइरस (कोभिड–१९) का कारण  लकडाउन (बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो। देशभरिका २५० विद्यालय तथा केही क्याम्पसलाई क्वारेन्टाइन बनाइएको छ । बाँकीका शैक्षिक संस्थाहरू लगभग बन्द गरिएको छ । 

आगामी  वैशाख २५ गतेदेखि फेरी लकडाउन लम्बिने हो या केही सहज हुने  हो आम जनमानसमा खोजीको विषय बनेको छ । यदि खुकुलो भइहाल्यो भने  पनि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले खासै प्रभावकारी योजना अघि  सार्न सकेको छैन ।

विद्यालय शिक्षा व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकार पनि राहातका नाममा अल्मलिएको छ । विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा संघीय, प्रदेश र स्थानीय सरकारले कुनै योजना बनाउन सकेको छैन ।

एकातिर एकथरी मानिस अनलाइन (भर्चुअल) कक्षा भनेर कराइ रहेका छन् । तर नेपालको विद्यालयको भौतिक  संरचना तथा पूर्वाधार विकासका कारण त्यो पनि अहिले संभव नहुने विज्ञहरू बताउँछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा  ३५ हजार ५५ विद्यालय छन् । त्यसमा  २७ हजारभन्दा बढी सामुदायिक  विद्यालय छन् । यी सामुदायिक  विद्यालयमा  पढ्ने अधिकांश बालबालिका इन्टरनेटको पहुँचमा  नभएका  कारण  यो कक्षा  अहिले नै सभव देखिँदैन ।

नेपालका १० हजार सामुदायिक विद्यालयमा कम्प्युटर पुर्याइ सकिएको सरकारी तथ्याङ्क  भएपनि राजधानीका  केही विद्यालय र एकाध बाहिरका  विद्यालयमा  कम्प्युटर राम्ररी काम गर्न सक्ने भए पनि अधिकांश विद्यालयमा  कामै नलाग्ने कम्प्युटर स्टोरमा  थुप्रिएको जानकारहरू बताउँछन् ।

तत्काललाई केही राजधानीका  मानिसहरूले परिकल्पना गरेको वैकल्पिक  कक्षा  पनि संभव देखिँदैन । यस्तो अवस्थामा  सरकारले नै ठोस विकल्प चयन गर्नुपर्ने विज्ञको धारणा छ । नेपालका  शिक्षालयहरू कहिले खुल्छन् ? यो विषयनै अनुत्तरित बनेको छ । 

शिक्षाविद्हरुका अनुसार सरकारले वैकल्पिक व्यवस्था नगर्दा समस्या उत्पन्न भएको हो। केहि विद्यालय र विश्वविद्यालयले इन्टरनेट मार्फत् कक्षा सञ्चालन गरेपनि त्यो सबैको पहुँचमा नभएको गुनासो आउन थालेको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तत्काल सो कक्षा स्थगन गर्न माग समेत गरेका छन् । विद्यालयहरुले पनि इन्टरनेट मार्फत् कक्षा अघि बढाएपनि विकटका विद्यार्थीका लागि यो कक्षा प्रभाबकारी नहुने गुनासो आउन थालेको छ ।

योजनाविहीन सरकार

लकडाउन खुकुलो भइहाले पनि शैक्षिक संस्था खुल्ने सम्भावना न्यून रहेको छ । अहिले शिक्षकहरु फुसर्दिला बनेका छन् । विद्यार्थीहरुको जाँगर मोरेको छ । कहिलेदेखि कक्षा सञ्चालन हुने रु प्रश्न चिन्हले दिन रुमलिएको छ । यद्यपि सरकारले जेठ अन्तिमदेखि एसर्इर्इ सञ्चालन गर्न सकिने प्रतिकृया दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा ९एसईई० जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । तर, कसरी गर्ने भन्ने ठोस कार्ययोजना अझै शिक्षा मन्त्रालयले बनाउन सकेको छैन । या बाहिर आएको छैन ।

१–९ कक्षा सञ्चालनमा अन्योल

कक्षा १ देखि ९ सम्म अधिकांश विद्यालयले अन्तिम परीक्षा लिइसकेका छन् । ती परीक्षाको नतिजा समेत सार्वजनिक भइसकेको छ । तर, पनि कहिलेदेखि कक्षा सञ्चालन हुने भन्ने अन्योल छ ।

वैशाख २५ गते भित्र कक्षा एक देखि ९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने सुझाव दिइएको छ ।

एसईईमा बाधा

एसईई दिन सम्वन्धित परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु सरकारले लकडाउन घोषणा गरेपछि प्रवेशपत्र फिर्ता लिएर रित्तै हात फर्किए । तर, यो परीक्षा कहिले हुने भन्ने अहिलेसम्म निक्र्यौल हुन सकेको छैन । गत ६ चैत २०७६ बाट तोकिएको परीक्षा अहिलेसम्मपनि सञ्चालन नहुँदा विद्यार्थीहरु मारमा परेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सुझाव बुझाएको हो । 

कार्यदलले बिहीबार  मन्त्री  पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने र एसईई जेठ अन्तिमबाट गर्न सिफारिस गरेको छ ।

विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने लगायतका सुझाब कार्यदलले मन्त्री पोखरेल समक्ष बुझाएको छ ।  यो प्रतिवेदन उच्चस्तरीय समितिमा र क्याबिनेटमा लगिने  शिक्षा मन्त्री पोखरेलले बताए ।

कक्षा ११ र १२ को परीक्षा पनि अन्योल

प्राय वैशाख अन्तिममा हुने कक्षा ११ र १२ को परीक्षा पनि अनिश्चित भएको छ । जसकारण विद्यार्थीहरु अहिले फुर्सदिलो बनेका छन् । परीक्षाको समय कहिले हो भन्दै अत्तालिन थालेका छन् । तर, सरकारले २५ बैशाखसम्म त लकडाउनकै अवधि तोकेको छ । एसईई र कक्षा १२ को परीक्षा एकै दिन गर्न सुझाब दिएको छ । बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सो कार्यदलले सरकारलाई सुझाएको छ ।

विश्वविद्यालयको परीक्षा र कक्षा सञ्चालन पनि अन्योल

सबै विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । कक्षा सञ्चालनपनि प्रभावकारी नभएको गुनासो आइरहेको छ ।

के सम्भव छ त परीक्षा र कक्षा सञ्चालन र?

केहिदिन अघि शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सवै भन्दा अन्तिममा खुल्ने भनेको शैक्षिक संस्था रहेको बताएका थिए । लकडाउनको उद्देश्य सामाजिक दुरी कायम होस र भेटघाट बाक्लो नहोस भन्ने हो । तर, सबैन्दा बढि भिडभाड हुने भनेकै शैक्षिक संस्था हो । अनि कसरी सम्भव होला त रु चिकित्सकहरुले समेत लकडाउननै कोभिड १९ को औषधि भएको बताउँदै आएका छन् ।

नेपालको सिमानाका भारतमा संक्रमितको दर बढिरहेको छ । नेपालमै पनि केहि शैक्षिक संस्थामा क्वारेन्टाइन बनाइएको छ । २५ वैशाखपछि लकडाउन खुकुलो भइहाल्यो भनेपनि शैक्षिक संस्थालाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा सरकारले बुँदागत रुपमा योजना प्रस्तुत गर्न सकेको छन । जसले गर्दा परीक्षा, कक्षा सञ्चालन सबै अन्योल नै रहेको देखिन्छ । यस विषयमा सरकार अर्थात् शिक्षा मन्त्रालयले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

Thuprai - Books and E-books