लकडाउनमा कसले के गर्ने ?

कोरोना भाइरसलाई गएको दुई/तीन महिना विभिन्न समूहले आ-आफ्नो अनुकूल परिभाषित गर्न कुनै कसर बाँकी राखेनन् । चीनको वुहान प्रान्तबाट सुरुवात भएको यो भाइरसले विश्व बजारलाई कसरी आक्रान्त पारेको छ, यो कसरी प्रत्येक राष्ट्रका प्रत्येक नागरिकहरुको मनमा एउटा डर बनेर बसेको छ भन्ने विषय आम मानिसले पनि महसुस गरिसकेका छन्।

यो कस्तो भाइरस हो , यसको संक्रमण कसरी हुन्छ, संक्रमण पछि कस्ता लक्षण देखा पर्छन् , उपचार पद्दति कस्तो हुन्छ, उपचार पछि निको हुने वा नहुने संभावना कति कति प्रतिशत हुन्छ , यो सबै विषयमा जान्न र बुझ्न तथा सूचना लिन सामान्य नेपालीका लागि पनि कुनै अप्ठ्यारो विषय रहेन।

तर, यस भाइरसले विश्वव्यापी रुपमा पारेको प्रभाव र परिणाम स्वरूप नेपाल, भारत लगायतका देशहरूमा गरिएको लकडाउनले मानिसहरुलाई अत्यन्त तनाव र चिन्तामा पारेको छ । प्रत्येक मानिसले सोच्ने तरिकामा नै फरकपन ल्याई मानवीय क्रियाकलापहरुलाई नै एक नयाँ दिशामा अगाडि बढाउन आवश्यक भएको छ । 

विश्वव्यापीकरण र अर्थतन्त्रको क्षेत्रमा नयाँ फड्को मारिरहेको विश्वमा अचानक लागेको यो झड्काले मानिसका दैनिक जीवनलाई अत्यन्त कष्टप्रद बनाएको छ । यो समयमा सबै मानिसले आ-आफ्नो तह र क्षेत्रमा आ-आफ्नो हैसियत अनुसार यसको बारेमा सोच्नु र विचार गर्नु स्वभाविक साथै जरुरी पनि छ । एकातिर रोगको संक्रमण, लक्षण रोकथाम र नियन्त्रणका विषयमा खोज , अनुसन्धान र विश्लेषण भैरहेको छ र अर्कोतिर विश्वको नेतृत्व शक्ति कुन दिशामा जाने , मानवीय अस्तित्वलाई कसरी जोगाउने भन्ने बहस भइरहेको छ ।

                             विद्यार्थीले लकडाउनमा के गर्ने त ?

-विभिन्न सिर्जनात्मक कार्य ( जस्तै साहित्य अध्ययन तथा लेखन, चित्र कोर्ने, पेन्टिङ इत्यादि)मा समय बिताउने

- विभिन्न शारीरिक व्यायाम तथा योगाभ्यास हरु गर्ने 

- गीत सुन्ने , गाउने , विभिन्न बाजा बजाउने , नृत्य गर्ने 

- घरायसी काममा सघाउने इत्यादि ।

पहिलो, कोरोना भाइरस संक्रमण, लक्षण, रोकथाम र नियन्त्रण। यो विषय वर्तमान समयमा चर्चाको केन्द्रमा छ । जसले सबै मानिसको दैनिकीसँग प्रत्यक्ष रूपमा सरोकार पनि राख्दछ । यस विषयमा स्वभाविक रुपमा चासो हुने भएकाले र जानकारी प्राप्त गर्न स्रोतहरुको अभाव पनि नहुने भएकाले यसलाई धेरै चर्चा गरी रहनु यहाँ जरुरी ठानिएको छैन ।

दोस्रो, अबको विश्वको शक्ति र नेतृत्व । विभिन्न सामाजिक सञ्जाल लगायत संचार माध्यम र केही शिक्षित वर्गहरुको बिचमा यो विषयले पनि चर्चा पाइरहेको छ । खासगरी शक्ति सम्पन्न राष्ट्रको प्रतिश्पर्धा र एकले अर्कोलाई असफल बनाउने रणनीति स्वरुप यो भाइरसको विकास गरिएको हुनसक्ने अड्कलबाजीहरु पनि गर्न थालिएको छ । त्यसैगरी विश्वव्यापी रुपमा अर्थतन्त्रमा पनि ठूलो क्षति पुगिरहेको छ । यसले गर्दा शक्ति सम्पन्न राष्ट्रमा पनि प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्ने देखिन्छ। जसको परिणामस्वरूप अबको विश्वको शक्ति सन्तुलन नै धाराशायी हुने  जस्ता विश्लेषण र बहसहरु पनि हुन थालेका छन् । 

माथि उल्लेखित दुइटै विषयहरुको बीचमा ओझेल परेको तर आम नेपालीको लागि महत्वपूर्ण विषय छ लकडाउनको सदुपयोग र देश विकासको नयाँ बाटो । 

 

                                शिक्षकले के गर्ने ?

- शिक्षकले विभिन्न संचार माध्यम बाट विद्यार्थी सम्म पुग्ने र विभिन्न सिर्जनात्मक कार्यहरु गर्ने, गराउने ।

- आफ्नो पेशालाई समय अनुकुलन तरिकाले कसरी अगाडि बढाउने भन्ने योजना निर्माण गर्ने 

- अनलाइन सेवा प्रदान गर्ने प्रयास गर्ने

- अनलाईन सम्भव नहुने ठाउँका लागि त्यसको विकल्प खोज्ने 

हुन त लकडाउन पछि देशलाई कसरी विकासको नयाँ दिशामा लिएर जान सकिन्छ भनेर देशप्रेमी राजनितिज्ञहरुले आ-आफ्नो ठाउँबाट योजना निर्माण गरेका छन् होला तर त्यो सम्पूर्ण जिम्मेवारी कोरोना रोकथाम र राहतका नाममा बजेट कुम्ल्याउनमा व्यस्त नेपाली राजनीतिज्ञहरुको भागमा छोडेर सम्पूर्ण बोद्दिक वर्ग बसीरहने हो भने कोरोना नियन्त्रण पछी देशले यो भन्दा पनि भयावह संकटको सामना गर्नु नपर्ला भन्न सकिन्न । तसर्थ लकडाउनलाई सम्पूर्ण पेशा र क्षेत्रका मानिसहरुका लागि बढी भन्दा बढी उपयोग गरी यसलाई एउटा राम्रो अवसरमा परीणत गर्ने प्रयास गर्नु एक बोद्दिक नागरिक को जिम्मेवारी हुन आउँछ । त्यही विषयलाई सरल ढंगबाट प्रस्तुत गर्ने प्रयास यहाँ गरिएको छ । 

विद्यार्थीका लागि 

लकडाउले सम्पूर्ण शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेको र समय व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा विद्यार्थी हरु भिडियो गेम , मोबाइल, कुसंगत, चुरोट, रक्सी, ड्रग्स जस्ता बिभिन्न कुलतमा बस्ने सम्भावना रहन्छ । उनिहरुलाई यसबाट जोगाई लकडाउन लाई अवसरको रुपमा उपयोग गर्न निम्न उपाय अपनाउन सकिन्छ : 

- विभिन्न सिर्जनात्मक कार्य ( जस्तै साहित्य अध्ययन तथा लेखन, चित्र कोर्ने, पेन्टिङ इत्यादि)मा समय बिताउने

- विभिन्न शारीरिक व्यायाम तथा योगाभ्यास हरु गर्ने 

- गीत सुन्ने , गाउने , विभिन्न बाजा बजाउने , नृत्य गर्ने 

- घरायसी काममा सघाउने इत्यादि ।

किसानका लागि

प्रथमत: किसानलाई नियमित रूपमा आफ्ना कामहरु संचालन गर्न दिइनुपर्छ र दिइएको पनि छ तर केही हदसम्म यसमा पनि लकडाउनको  प्रभाव परेको हुदा उक्त समयलाई र उपयोगी बनाउन किसानहरुले गर्न सक्ने कार्यहरु यसप्रकार छन्  :

- नयाँ र फरक बिउबीजन परीक्षण गर्ने 

- सानो क्षेत्रफलमा धेरै उत्पादन हुने किसिमका अन्नबालीहरुको बारेमा अनुसन्धान गरी खेती गर्ने 

- बजार अभाव भैरहेको परिप्रेक्ष्यमा किसानले प्रत्यक्ष रुपमा सामाजिक दुरी कायम गरी उपभोक्ता सम्म आफ्नो उत्पादन  पुर्याउन सक्दछ । जसले गर्दा बिचौलियाले पाउने कमिसन जोगिने भएकाले किसान र उपभोक्ता दुबैलाई फाइदा हुन सक्दछ । यसका लागि सामाजिक सञ्जाल को उपयोग गर्न सकिन्छ । 

कर्मचारी, शिक्षक र विभिन्न पेशाकर्मीका लागि 

लकडाउनले पूर्ण रुपमा शिक्षक र आंशिक रूपमा अन्य कर्मचारी एवम् पेशाकर्मीहरु फुर्सदिला भएका छन् । उनीहरुले यस समयलाई उपयोगी एवम् प्रभावकारी बनाउन अपनाउन सक्ने उपायहरु यसप्रकार छन् : 

- शिक्षकले विभिन्न संचार माध्यमबाट विद्यार्थी सम्म पुग्ने र विभिन्न सिर्जनात्मक कार्यहरु गर्ने, गराउने ।

- आफ्नो पेशालाई समय अनुकुलन तरिकाले कसरी अगाडि बढाउने भन्ने योजना निर्माण गर्ने 

- अनलाइन सेवा प्रदान गर्ने प्रयास गर्ने

- अनलाईन सम्भव नहुने ठाउँका लागि त्यसको विकल्प खोज्ने 

व्यापारीका लागि

लकडाउनको सबभन्दा धेरै प्रत्यक्ष प्रभाव परेको व्यापार क्षेत्र हो । वर्तमान अवस्थामा व्यापारीहरु मानसिक चिन्ताले गर्दा डिप्रेसनको समेत सिकार बन्न सक्ने खतरा रहेको छ । अनलाईन र खाद्यान्न बाहेक अधिकांश व्यापार व्यवसाय हरु ठप्प रहेको अवस्थामा फरक-फरक व्यापार क्षेत्रका मानिसहरुले समय व्यवस्थापन गर्न र यसलाई उत्पादनशील बनाउन अपनाउन सकिने केही साझा उपाय हरु यसप्रकार छन् : 

- फरक फरक धार्मिक सांस्कृतिक विचारधाराका मानिसहरुको बारेमा अध्ययन गरीलकडाउन पछिको व्यापार विस्तार गर्ने योजना निर्माण गर्ने 

- आफ्नो व्यापार क्षेत्रका बारेमा बढीभन्दा बढी अध्ययन गर्ने र परीमार्जन को योजना निर्माण गर्ने

- योगाभ्यास साथै विभिन्न सिर्जनात्मक कार्यहरु गर्ने ।

राज्यपक्षबाट लागि

नागरिकहरुले के गर्ने के नगर्ने भन्ने सम्पूर्ण कुराहरु राज्यले निर्धारण गर्ने भएकाले सरकार वा राज्यपक्षलाई नै देसको मुटु मान्ने गरिन्छ। कोभिड- १९ बाट बच्न गरिएको लकडाउनका कारण विभिन्न देशमा रोजगारी वा अन्य सिलसिलामा अन्य देशमा पुगेका नेपाली युवा तथा बौद्धिक बर्गहरु स्वदेश तिर फिर्ता हुन खोजिरहेका छन् । यस्तो संवेदनशील समयमा स्वभाविक रुपमा मानवीय संवेग वा भावनाले पनि हरेक मानिसलाई आफ्नो देशतिर आकर्षण गर्ने गर्दछ । यो कोरोना भाइरसको चुनौतिलाई देश विकासको अवसरका रुपमा उपयोग गर्न  निम्न उपाय अपनाउन सकिन्छ : 

- विभिन्न देशमा रहेका बौद्धिक एबम् उत्पादनशील युवा वर्गलाई विस्तारै क्वारेन्टाइनमा बसाउने गरी स्वदेश मा ल्याउने , 

- संघ , प्रदेश र स्थानीय तहले आपसी समन्वय गरी विदेशबाट आएका हरेक नागरिकका ज्ञान, सीप र क्षमताहरु पहिचान गरी सो ज्ञान सीपलाई सामाजिक दुरी कायम गरी अन्य नागरिक सम्म पुर्याउने व्यवस्था गर्ने ,

- सकभर विदेशबाट आउने उच्च बौद्धिक वर्गलाई उनीहरुको क्षमता पहिचान गरी तुरुन्त रोजगारीका अवसर प्रदान गर्ने  इत्यादि । 

यहाँ उल्लेख गरिएका विषय बाहेक अन्य विभिन्न पेशाकर्मी तथा आम नागरिकहरुले लकडाउनलाई बढीभन्दा बढी उपयोग गरी यसलाई अभिषाप होइन वरदानको रुपमा लिन सक्दछन् । जुन कुरा पूर्ण रुपमा व्यक्ति स्वयमको हातमा हुनेछ ।