शिक्षक विद्यार्थी सम्बन्ध कस्तो हुनुपर्ला ?

मत हरेक दिन ससाना नानी बाबुसंग हास्छु । खेल्छु । उनीहरूको सफलतामा रमाउँछु । असफलतामा एक्लै बसेर रुन्छु पुनः जागरुक भएर असफलतालाई सफलतातर्फ धकेल्ने योजना बनाउछु । शिक्षण शैलिमा भित्रएका नवीनतम् प्रविधिको विषयमा खोज गर्छु सके प्रयोग गर्छु नसके पनि प्रयोगमा ल्याउने कोशिष गर्छु ।

समाजमा सकारात्मक जागरूकता प्रदान गर्ने खालको लेख लेख्ने विचार नआएको होइन तर विषयवस्तु र शीर्षक छ्नोटको अन्यौलले मलाइ निकै बेर अल्मल्यायो। के लेख्ने ? मानसपटल भित्र भावनाका तरेलीमा साहित्य नफुरेको होइन । सोचे ! भाषाको सुसंगठित संरचनामा उनेर अहिलेको युवा पुस्तामा देखिएको प्रेम सुरु अन्त्य बासनामा पुगेर केही शव्द उनौं । सामाजिक सञ्जालको प्रेम त्यसपछि उत्पन्न युवा पुस्ताको वर्वादीका विषयमा लेखौं फेरी सोचें समाजमा शिक्षित मानिएकाबाट भएको हिंसाको विषयमा लेखौं ! यतिवेला झस्स सम्झिए । मत हरेक दिन ससाना नानी बाबुसंग हास्छु । खेल्छु । उनीहरूको सफलतामा रमाउँछु । असफलतामा एक्लै बसेर रुन्छु पुनः जागरुक भएर असफलतालाई सफलतातर्फ धकेल्ने योजना बनाउछु । शिक्षण शैलिमा भित्रएका नवीनतम् प्रविधिको विषयमा खोज गर्छु सके प्रयोग गर्छु नसके पनि प्रयोगमा ल्याउने कोशिष गर्छु । त्यसैले निश्चय गरें विद्यार्थी शिक्षकको सम्बन्धका बारेमा लेख्ने ।

भोकाएका आलोकाँचो दिमागमा ज्ञानको ज्योति छर्ने शिक्षक । सो ज्योति ग्रहण गर्न तत्पर ,उत्सुक ,जागरूक तथा लगनशील विद्यार्थीविचको सम्बन्धका विभिन्न आयामहरूको चर्चा गर्न आवश्यक छ। शैक्षिक विकासमा दुई पक्षको सहयोग र सृजनशीलताबिना समाजमा असल नागरिक र सभ्य समाजको परिकल्पना गर्न सम्भव छैन।

शिक्षक तथा विद्यार्थीको भेट हुने साझा स्थल हो विद्यालय। विद्यालय विद्यार्थीको दोस्रो ठुलो घर मानिन्छ किनभने विद्यालयबाटै विद्यार्थीले शिक्षा हासिल गरी एक सभ्य नागरिक बन्न बाटो निर्माण गर्दछ। घरमा आमाबुबा पहिलो गुरू मानिन्छन् भने विद्यालयका शिक्षक दोस्रो ।

घरमा त बालबालिकाले आमा, बुबा, दादा, दिदी, नाना, पापा आआफ्नो भाषा तथा संस्कार अनुकूलका शब्द उच्चारण गर्न सिक्लान् तर वास्तविक जीवन निर्वाह तथा भविष्य निर्माणका व्यावहारिक कुराहरू विद्यालयबाटै सिक्ने गर्दछ्न्।

कल्पना गरौं त ! दिनमा २४ घण्टा हुन्छ । २४ घण्टाको एक चौंथाई समय विद्यार्थीले विद्यालयमा व्यतित गरेको हुन्छ। घरबाट जब स्कुल जाने उमेरका बालबालिका विद्यालयको ढोका ढक्ढ्क्याउन तब आमाबुबाहरू आफ्ना छोराछोरीको उज्जवल भविष्यको कल्पना गर्न सुरू गर्न थाल्छन् । विद्यालय भर्ना गरी राम्रो शिक्षा पाओस् भनि दिनको ६ घण्टा कसैको जिम्मामा बडो विश्वासका साथ छोडेर जान्छन् अनि सो विश्वासका पात्र हुन् विद्यालयका शिक्षक। घरमा त बालबालिकाले आमा, बुबा, दादा, दिदी, नाना, पापा आआफ्नो भाषा तथा संस्कार अनुकूलका शब्द उच्चारण गर्न सिक्लान् तर वास्तविक जीवन निर्वाह तथा भविष्य निर्माणका व्यावहारिक कुराहरू विद्यालयबाटै सिक्ने गर्दछ्न्।

कसैले तपाईंलाई केही दिन खोज्दैछ तर तपाईं उ प्रति नकारात्मक धारणा राख्नुहुन्छ भने सो कुरा प्राप्त गर्न सक्नुहोला त ? अवश्य पनि सक्नुहुन्न ।

सोचौँ त ! कस्तो हुनुपर्ला शिक्षक र विद्यार्थीविचको सम्बन्ध ? पक्कै पनि हामीलाई थाहा नभएको भने होइन । अवश्य पनि दुई पक्षविच राम्रो सञ्चार हुनुपर्दछ।अन्यथा, न त शिक्षकले दिन खोजेको ज्ञान प्रवाह राम्ररी हुनसक्दछ न त विद्यार्थीले ग्रहण गर्न खोजेका ज्ञान प्राप्त गर्न सक्दछ । उदाहरणका लागि मानौँ कसैले तपाईंलाई केही दिन खोज्दैछ तर तपाईं उ प्रति नकारात्मक धारणा राख्नुहुन्छ भने सो कुरा प्राप्त गर्न सक्नुहोला त ? अवश्य पनि सक्नुहुन्न । भनिन्छ, नि ! केही पाउन केही गुमाउनु पर्ने हुन्छ अर्थात् शिक्षक विद्यार्थीमा पनि अध्ययन अध्यापनको सिलसिलामा कुनै बखत शिक्षकले केही बढी मिहिनेत गर्नुपर्ला त कहिले विद्यार्थी स्वयंले राम्रो शिक्षा हासिल गर्न आफै मिहिनेत गर्नुपर्ला । यसर्थ दुवै पक्षबाट सहयोगपूर्ण भावना,सौहार्दपूर्ण व्यवहारको आदानप्रदान हुन्छ भने सो सम्बन्ध सबभन्दा उत्तम बन्न जान्छ फलस्वरूप कक्षा व्यवस्थित बन्न पुग्दछ।

के रथ एकै पांग्राले चल्ला त ? सिक्कामा एकै पाटोमात्र सम्भव छ होला त ? अवश्य पनि हुँदैन । यसरी नै शिक्षक नभइ विद्यार्थीको अस्तित्व रहँदैन भने विद्यार्थी नभइ शिक्षकको अस्तित्व रहँदैन । यी दुई पक्षहरू अन्तरनिहित हुन्छन् । शिक्षण सिकाइमा शिक्षकको प्रभावकारी भूमिका अनि विद्यालयको वातावरण यिनैले विद्यार्थीको स्मरण क्षमतालार्इ आकर्षित गर्न सक्छन् ।

आजको समयमा आएर नेपालको शिक्षा प्रणालीले विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ र उनीहरू सक्षम हुन्छन् भन्ने सोच्नु मूर्खता शिवाय केहि होइन । व्यावहारिक र प्राविधिक शिक्षाको अभावमा शिक्षित भए पनि स्वावलम्बी भएर बाँच्न गाह्रो पर्दछ। तर, एक कर्तव्यनिष्ठ शिक्षकले विद्यार्थीलाई व्यावहारिक बनाउन सक्ने हैसियत राख्दछ । कक्षालाई कसरी मनोरञ्जनात्मक बनाउने, कसरी विद्यार्थीहरूको ध्यानाकर्षण गर्ने, कसरी बुझाउन खोजेका कुराहरू बुझाउन सक्षम बन्ने, प्रविधि र शिक्षालाई कसरी संगसंगै लैजाने आदि इत्यादि कुराहरू शिक्षक र विद्यार्थीको सम्बन्धमा भर पर्ने गर्दछ।

विद्यार्थीसँग साथित्वको भावना राख्ने ,मायालु व्यवहार गर्ने अनि कमजोर र जान्ने विद्यार्थीहरू विच भेदभाव नगर्ने शिक्षक विद्यार्थीका प्रिय हुने गर्दछन् ।

घरमा बालबालिकाहरू कोहि आमासँग बढी खुलेर कुरा गर्ने स्वभावका हुन्छन् त कोहि बुबासँग,कोहि दाजु अनि दिदीसँग। सो कुरा सम्बन्धसँग भर पर्ने गर्दछ । यदि बालबालिका आमासँग नजिक छ भने आमासँग र बुबासँग भए बुबासँग आफ्ना भावना अनि समस्याहरू साट्ने हुन्छन् । ठिक त्यसरी नै विद्यालयमा थुप्रै शिक्षकहरू हुन्छन् । बालबालिकाहरू त्यस्तो शिक्षकलार्इ बढी मन पराउँछ्न् जसले कक्षामा उनीहरूको मनोभावना बुझ्दै बुझ्ने गरी पढाउँछन् । विद्यार्थीसँग साथित्वको भावना राख्ने ,मायालु व्यवहार गर्ने अनि कमजोर र जान्ने विद्यार्थीहरू विच भेदभाव नगर्ने शिक्षक विद्यार्थीका प्रिय हुने गर्दछन् । ४० मिनेटको कक्षा कतिखेर सकियो भन्ने कुरा विद्यार्थीलाई पनि नलागोस् र शिक्षकलार्इ पनि नलागोस् । कक्षा त्यो बेला दिक्क लाग्दो बन्न जान्छ जुन बेला विद्यार्थी शिक्षकको कुरा सुन्न वरपर हुँदैनन् र चाहँदैनन् । विद्यार्थीलाई कुनै पनि कुरा बुझाउन तत्पर नहुने शिक्षकबाट विद्यार्थीहरू टाढिन खोज्दछ्न् ।

ज्ञान प्राप्तिको लागि विद्यार्थीहरू विद्यालयभित्र प्रवेश गर्दछ्न् तर पढाउन भनि कक्षाभित्र छिरेका शिक्षकहरू प्रति विद्यार्थीले सकारात्मक धारणा राख्दैनन् भने कक्षा कसरी व्यवस्थित हुन सक्ला ? यसर्थ कक्षालाई मनोरञ्जनमय बनाउन शिक्षकको हात मात्र नभई विद्यार्थीको पनि उत्तिकै प्रमुख भूमिका रहेको हुन्छ।

सर्वप्रथम त विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो बनाउने मुख्य पक्ष भनेको साथित्वको भावना नै हो । शिक्षकले विद्यार्थी आफू शिक्षक हुँ भन्ने घमण्ड आफ्ना व्यवहारमा झल्काउँछ भने अवश्य पनि विद्यार्थी नकारात्मक भइदिन्छ। त्यसैले सहजकर्ताको रूपमा शिक्षक प्रस्तुत हुनु आवश्यक हुन्छ ।आफूले पढाउने कक्षामा गएर अन्य शिक्षकको विरूद्धमा तथानाम बोल्ने प्रवृत्ति कुनै शिक्षकको छ भने विद्यार्थीले शिक्षकबाट अरूलाइ होच्याएर अनि तल खसालेर बोल्नुपर्दछ भन्ने कुरो सिक्दछ। यसर्थ शिक्षकले गर्ने हरेक व्यवहार,बोल्ने शब्दहरूबाट पनि विद्यार्थीहरूले केही न केही सिकिरहेकै हुन्छन् । विद्यार्थीहरूले शिक्षकले पढाएका कुराहरू सुनेर सिक्छन् भन्नू सरासर गल्ती हो। शिक्षकको आचरण ,लवाइ, बोलाइ ,हाउभाउ आदिले पनि विद्यार्थीको ज्ञानको भण्डार बढाउन मद्दत गरेको हुन्छ।

विद्यार्थीहरूलाई आकर्षित गर्नका लागि कक्षामा पढाइलार्इ मात्र केन्द्रित नगरी समयसापेक्ष ढंगले खेलहरू खेलाउने,कुनै कक्षागत प्रतियोगिताहरू सञ्चालन गर्ने, भ्रमणमा लैजाने जस्ता क्रियाकलाप गराउन सकिन्छ । विद्यार्थीलाई मात्र सहभागी नगराइ शिक्षकहरू पनि सहभागी बन्न सक्दछ्न् । यसरी सहभागी हुँदा मित्रको रूपमा विद्यार्थीमाझ घुलमिल हुन सके शिक्षक विद्यार्थीको सम्बन्ध सुमधुर बन्न जान्छ। कुनै विद्यार्थीले गल्ति गरिहाले पनि मायालु पारामा सोधखोज गर्ने हो भने सो विद्यार्थीको धारणा पनि सकारात्मक बन्न जान्छ । कक्षामा अध्यापनको सिलसिलामा कुनै रोचक एवंम् प्रेरणादायी तथ्य, कथा, घटनाहरू सुनाउँदा वा देखाउँदा पनि विद्यार्थीहरू उत्प्रेरित हुने गर्दछ्न्।

यसरी समग्रमा हेर्न हो भने विद्यार्थी र शिक्षकको सम्बन्ध एकै रथका दुई पांग्रा जस्तै हो भन्दा फरक नपर्ला । विद्यार्थीहरूलाई कक्षामा आकर्षित गर्न शिक्षकले महत्त्वपूर्ण भूमिका खेल्नु त पर्छ नै त्यसबाहेक पनि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासनले आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ। विद्यार्थीसँग वादविवाद गर्दा पनि कक्षामा समस्याहरू देखापर्न सक्दछ्न् । त्यसैले शिक्षकको प्रभावकारी भूमिकाले शिक्षण प्रणालीमा पनि प्रभावकारिता ल्याइ भविष्यमा एक सभ्य नागरिक राष्ट्रका लागि तयार गर्न मद्दत गरेको हुन्छ।

शिक्षक र विद्यार्थीको सम्बन्धमा मिठास ल्याउन शिक्षक र विद्यार्थी दुबै पक्ष लागिपर्नु पर्ने हुन्छ । जसले गर्दा परम्परागत शिक्षा प्रणालीलार्इ आजको विज्ञान अनि प्रविधिको युगमा व्यावहारिक शिक्षामा परिणत गरी उदाहरणीय बन्न शिक्षकलाई र सो कुरा ग्रहण गरी उदाहरणीय बन्न विद्यार्थीलाई जरूरी भएको देखिन्छ।

I Tech store