पूर्वाञ्चल विश्विद्यालय विद्यार्थी संख्याका आधारमा देशको दोस्रो विश्वविद्यालयका रुपमा रहेको छ । विश्वविद्यालय शिक्षामा पूर्वाञ्चल विश्वविद्यालय कसरी अगाडि बढेको छ ? कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ? बहुविश्वविद्यालयको अवधारणामा विश्वविद्यालयको अभ्यास कस्तो छ भन्ने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालासंग जनता टेलिभिजन र इडियुसञ्जालको सहकार्यमा सञ्चालित कार्यक्रम ‘शिक्षाका कुरा’ मा नारायण आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
देशकै दोस्रो ठुलो विश्वविद्यालयको बागडोर सञ्चालन गरेका नाताले पूर्वाञ्चल विश्वविद्यालयलाई कसरी चिनाउनुहुन्छ ?
२०५० सालमा पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालय ऐन आएको हो । ऐनलाई टेकेर २०५२ सालमा उपकुलपति र रजिष्ट्रार नियुक्त पछि सञ्चालनमा आएको हो । त्यतिखेर मलाइ लाग्छ काठमाडौं विश्वविद्यालयपछि अर्को एउटा विश्वविद्यालय थियो । एउटा मात्र विश्वविद्यालय हुँदा त्रिभुवन विश्वविद्यालयलाई मेचिदेखि महाकालीसम्म लोड धेरै थियो । अहिले पनि छ । त्यही भारलाई कम गर्न बहुविश्वविद्यालयको अवधारणा आएको हो । पूर्वाञ्चल विश्वविद्यालय स्थापना भएको दुई वर्षपछि पोखरा विश्वविद्यालय स्थापना भएको छ । विश्वविद्यालय स्थापनाका समयमा विराटनगरको महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पसलाई लिएर सञ्चालन गर्नेगरी तत्कालीन समयमा सञ्चालनमा आएको हो । तर त्यसो हुन सकेन । विश्वविद्यालयले म्यानेजमेन्टमा सबैभन्दा पहिलो बीबीए र कम्प्युटर एप्लिकेसनमा बिसिए कार्यक्रम सञ्चालन गरेर नयाँ विधामा हामीले प्रवेश गर्नुपर्छ भनेर यो विश्वविद्यालय अगाडि आएको देखिन्छ । नयाँ नयाँ विषयहरू जुन मुलुकका लागि आवश्यक छन्, विकासका लागि आवश्यक छन् ती विधाको सुर गर्यो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विषय सञ्चालन गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपाली विद्यार्थीलाई पुर्याउन, ग्लोबलाइजेसन अनुसार विद्यार्थीलाई विश्वबजारमा प्रवेश गराउने विश्वविद्यालय अगाडि बढेको देखिन्छ । यसरी हेर्दा म्यानेजमेन्टमा हाम्रो विश्वविद्यालय अग्रडि भूमिकामा देखिन्छ । तर जुन किसिमले गतिलिनुपर्ने थियो त्यो हुन सकेन । त्रिविको भार कम गर्नुपर्ने थियो त्यो हुन सकेन । पछि गएर त्रिविको जिरक्सक कपीका रुपमा अगाडि बढेको देखियो । अहिले आएर विश्वविद्यालय नयाँ सोचबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यता लिएर हामी अघि बढेका छौं । अहिले हाम्रो विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको सो पुरा गर्नुपर्छ भन्ने सोचका साथ अघि बढेको छ । अहिले हामी दोस्रो स्थानमा पुगेका छौं ।त्रिविको लोड कम गर्दै नयाँ बाटो तर्फ फड्को मार्न लागेको छ ।
बीबीए र बीसीए पहिलो पटक विश्वविद्यालयले सञ्चालनमा त ल्यायो तर योसंगं अहिले आएर बढी कर्मसियल भयो भन्ने सुनिन्छ यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
सबैभन्दा पहिलो यसरी बुझौं यो विश्वविद्यालयको ऐनमा नै जनस्तरबाट सञ्चालित विश्वविद्यालय हो भनिएको छ । अरु विश्वविद्यालयलाई जस्तो विश्वविद्यालय अनुदान आयोगले अरु विश्वविद्यालयलाई फण्ड प्राप्त हुन्छ । यो विश्वविद्यालय र पोखरा विश्वविद्यालयलाई प्राप्त हुँदैन । यो जनस्तरबाट भनियो पोखरा विश्वविद्यालयलाई पब्लिक प्राइभेट पार्टनरसिपबाट सञ्चालन गर्न सक्ने भनेर अघि बढाइयो । हामीले पनि पुरानै त्रिविकै जिरक्स कपीकै रुपमा अगाडि बढ्दा यो विश्वविद्यालयले फड्को मार्न सक्दैन । मुलुकले केही पाउँदैन ।
यो स्टेट फण्डेड विश्वविद्यालय होइन ?
होइन ! केही थोरै फर्मुला फण्डिङका रुपमा हामीले युजीसीबाट पाउँछौं । हाम्रो बजेटको १२ देखि १३ प्रतिशत मात्र पाउँछौं बाँकी सबै एफ्लिकेसन कष्टबाट उठाउँछौं । हामीलाई अरु विश्वविद्यालयलाई जस्तै फण्ड दिएमा हामी पनि लो कष्टमा हामी पढाउन सक्छौं । दोस्रो कुरा शिक्षालाई हामीले विभिन्न आधारबाट हेर्नुपर्छ । एउटा साधारण शिक्षा, एउटा प्राविधिक र एउटा प्रोफेसनल एजुकेसन हुन्छ । हामीले भोकेसनल एजुकेसन चलाएका छैनौ । यो अवस्थामा टेक्निकल र प्रोफेसनल एजुकेसन साधारण शिक्षाभन्दा केही महंगो हुन्छ । किनकि त्यहाँ चाहिने जनशक्ति, पूर्वाधार नै महगा हुन्छन् । हामीले बारम्बार युजीसीसंग सरकारसंग सभामा कुलपतिसंग कुरा राखेका छौं । हामीलाई पनि व्यवस्था भयो भने हामी पनि अगाडि बढ्न सक्छौं भनेर आवाज उठाएका छौं । अर्को कुरा विश्वविद्यालय समुदायसंग पनि पुग्नुपर्छ भनेर स्थानीय सरकार र समुदायलाई सर्बसुलभ शिक्षा प्रदान गर्न सक्छौं भनेर पूर्वाञ्चल विश्वविद्यालय समुदायसंग भन्ने लक्ष्यका साथ अगाडि बढेका छौं । विश्वविद्यालय समुदायमा भन्ने नाराका साथ अघि बढेको छ । त्यसपछि बढी शुल्क लिन्छ भन्ने नलाग्ला भन्ने तर्फ उन्मुख छौं ।
सम्बन्धन नीति के त ?
निजीलाई अहिले जति दिएका छौं तिनीहरूलाई स्टेन्डेन गर्ने र अब नयाँ तत्कालका लागि सम्बन्धन नखोल्ने । अब समुदायसंग जाने । स्थानीय सरकारमा जाने । अहिले निजी संस्थालाई सम्बन्धन रोकेका छौं ।
इन्जिनियरिङ, चिकित्सा शिक्षामा सम्बन्धन दिएको भएपनि चिकित्सा शिक्षामा एमबीबी र बीडीएसमा सम्बन्धन दिनु भएको छैन किन ? मापदण्डका विषयमा यो विश्वविद्यालय कतिको स्ट्रिक छ ?
यसलाई म दुई भागमा बाँड्छु । पहिलो चिकित्सा शिक्षाका विषयमा कुरा उठाउनु भएको छ । अहिले हामीले प्यारामेडिकलका विषय मात्र सञ्चालन गरेका छौं । विएस्सी नर्सिङ, पोष्ट बेसिक नर्सिङ पिबिएन, बिपिएच र बीफार्मेसी छ । मास्टरमा मास्र्टस इन फार्मेसी र मास्टरमा मास्र्टस इन पब्लिक हेल्थ छ हामीले यसेको मात्र सम्बन्धन दिएका छौ । एमबीबीएस र बीडीएसका कक्षा सञ्चालन गर्न सकेका छैनौं । हामीले सञ्चालन नगरी अरुलाई सम्बन्धन दिने कुरा भएन । चिकित्सा शिक्षा ऐनले गरेको व्यवस्था अनुसार नयाँ ३०० शैयाको अस्पताल बनाउन अरर्बौं रकम चाहिन्छ । हामीसंग लगानी छैन । कोशी अस्पताललाई हामीले टिचिङ हस्पिटलका रुपमा प्रयोग गर्न दिइयोस् भनेर सरकार र चिकित्सा शिक्षा आयोग मागी रहेका छौं । यो पाइयो भने हामी यही शैक्षिक सत्रदेखि एमबीबीएस र बीडीएसका कक्षा सञ्चालन गर्न सक्छौं ।
दोस्रो प्रश्न अनुसार सम्बन्धन दिनका लागि हाम्रा धेरै नियम विनियम छन् । त्यही अनुसार अगाडि बडेका छौं । म आएपछि स्थानीय सरकारलाई मात्र सम्बन्धन दिने सूचना निकोलेका छौं । विश्वविद्यालयले पहिले नै सम्बन्धन दिएका कलेजलाई पनि मापदण्ड अनुसार चल्नुपर्छ भनेका छौं । कलेजहरू त्यही अनुसार लाग्नु भएको छ । हामीले कलेजको सस्टेन गर्नका लागि खुलेर कुरा गर्नुनोस् हामी त्यसलाई अध्ययन गरेर के गर्न सकिन्छ अनुगमन, अवलोकन गर्छौं मापदण्ड पुरा गरेका छनोट समितिले छनोट गरेर प्रक्रिया पुरा गरेका कलेजलाई सिट थप गर्न सक्छौं भनेका छौं ।
लामो समय शिक्षण पेसामा आवद्ध, लेखक तथा विद्धत हुनुहुन्छ । यहाँले नेतृत्व गरेका विश्वविद्यालय धेरै खालका कुरा सुनिएका छन् । यसैविच यहाँको कार्यकाल दुईवर्ष पुरा भइसकेको छ । यो अवधिमा मैले गरे भन्न लायक काम केके छन् ?
३८ वर्ष शिक्षण गरें । चकडस्टर हुँदै ह्वाइटवोर्डबाटै विश्वविद्यालयको नेतृत्व सम्हाल्न आइपुगेको हुँ । स्थानीय वासिन्दा हुँ विराटनगरको । विश्वविद्यालयलाई सबैभन्दा पहिला हामीले सुनेको आर्थिक पारदर्शितामा कमी छ भन्ने हो । भ्रष्टाचार बढी हुन्छ भन्ने सुनिएकै हो । सुरुआत आफैंबाट गरे । नेतृत्व सम्हाल्दा नै कुनै पनि सेवा सुविधा लिन्न भनेर लिइन । काठमाडौं आउँदा पनि मेरो सानो घर छ । सुविधा लिन्न किनकि म मेरै घरमा बस्छु । विश्वविद्यालयकै गाडिमा हिड्छु भनेर सुरुआत गरें तर विडम्बना मैले नेतृत्व सम्हालेको आठ दिनमा नै कोभिडको पहिलो लहर सुर भयो । यसले अन्योल सिर्जना गर्यो । यो अवधिका विश्वविद्यालयका बारेमा बुझ्नेमात्र काम भयो । त्यस अवधिमा धेरै भवन निर्माण सुरु भएको रहेछ । सबै व्यक्तिगत रुपमा जिम्मा दिइएको रहेछ । अब गर्ने पूर्वाधार विकासका काम भवन विभागसंग सम्झौता गरेर त्यहीबाट गराउने थालनी गरियो । यसले केही विवाद ल्यायो । तर हामीले सम्झाउन सफल भयौं । दोस्रो काम विश्वविद्यालय स्थापना भएको २६–२७ वर्ष भयो । विद्यार्थी बढे । परीक्षाका प्रकृति पनि फेरिए कर्मचारी बढेनन् । कर्मचरी अभाव छ । यसलाई परिपुर्ति गर्नेतर्फ अगाडि बढेका छौं । भ्रष्टाचार न्यूनीकरण तर्फ अघि बढेका छौं साथसाथै विश्वविद्यालयको छविलाई कसरी सुधार गर्ने ? सधैं ताल्चा लाग्ने सधैं ताल्चा लाग्ने प्रवृत्तिमा कमी आएको छ । तर कोभिडको कारणले गर्दा एकेडेमिक क्यालेण्डरमा प्रभाव परेको छ । अबको दुई वर्षमा म्यानेज गर्नेगरी योजनाबद्ध रुपमा अगाडि बढेका छौं ।
विश्वविद्यालयको सम्पत्ति भनेको त्यहाँका प्राध्यापक हुन् । नेपालमा शिक्षण पेसामा रुचि नै कम देखिएको छ । एक दुई दिन देखिने र हराउने गर्छन् । यसको व्यवस्थापनका लागि यहाँले कस्तो योजना बनाउनु भएको छ ?
हाम्रो विश्वविद्यालय जनस्तरबाट सञ्चालित विश्वविद्यालय हो । जनस्तर भनेको मुस्ठिदान र पुरानबाट चल्ने होइन । विश्वविद्यालयको भाषामा सम्बन्धन दिएर चल्ने हो भन्ने बुझिन्छ । हामीसंग आफ्ना प्राध्यापकहरू जम्मा ७ जना मात्र हुनुहुन्छ । म्यानेजमेन्टमा पाँच जना र दुई जना इन्फर्मेसन टेक्नोलोजीमा हुनुहुन्छ । रिडर पशस्त मात्रामा हुनुहुनछ । लेक्चर हुनुहुन्छ तर हामीसंग सफिसियन्ट हुनुहुन्छ । यही अवस्थामा चिकित्सा शिक्षा ऐन लागु भयो । यो ऐनले न्यूनतम पनि लेक्चरर वा सो भन्दा माथिको व्यक्तिबाट कलेज सञ्चालन भएको हुनुपर्छ भनेर तोकिदियो । तब प्रमाणीकरणको कुरा आयो । अब विश्वविद्यालयले प्रमाणीकरण गरिदिएपछि मात्र आयोगले सम्बन्धन दिने भन्यो । हामीले सेवा आयोग र डीन कार्यालयलाई संलग्न गरेर पद प्रमाणीकरण गर्न लगायौं । हामीले सम्बन्धन दिएका सबै विषयमा प्राध्यापनरत शिक्षकको पद प्रमाणीकरण गरेर गर्वका साथ हामी हाम्रा प्राध्यापक भन्न सक्छौं ।
विश्वविद्यालयबाट सम्बन्धन लिएर चलेका कलेज, विद्यार्थी र अभिभावकले यहाँबाट धेरै आशावादी हुनुहुन्छ ती मान्छेलाई आफ्नो कार्यकालको भावी योजना के कस्ता छन् भन्न हचाहनु हुन्छ ?
म कामले प्रमाणित गर्नुपछृ भनेर नबोलेको हुँ । पहिलो प्राथमिकता भनेको विश्वविद्यालयको एक्डेमिक क्यालेण्डरलाई चुस्तदुरुस्त बनाउने । अहिले केही बिग्रिएको छ । यसलाई व्यवस्थापन गर्न अनलाइनबाट परीक्षा लिने पहिलो विश्वविद्यालय हो । एउटा प्रणालीबाट चलेको विश्वविद्यालय नयाँ पद्धतिमा आउन गाह्रो मानेको जस्तो भान भयो । अबको एक डेढवर्षभित्र हामी व्यवस्थापन गर्न सक्छौं । सबै अभिभावकलाई मेरो छोराछोरी, मेरो भाईबहिनी भनेर गर्वगर्न सक्ने बनाउँछौं । विएस्सी नर्सिङको परीक्षाको नतिजा ४० दिनभित्र हामीले प्रकाशन गर्न सफल भयौं । हामी एक दिन पूर्वाञ्चल विश्वविद्यालयबाट डिग्री लिएको भनेर गर्व गर्नसक्ने बनाउने छौं ।