After SEE Portal

घोषणापत्रका आधारमा काम गरिरहेका छौंः शिक्षा मन्त्री

Bridge Course

तत्कालीन बाम गठबन्धनले जारी गरेको संयुक्त घोषणापत्रका आधारमा मन्त्रालयले काम गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । ‘अब हामी घोषणापत्र कार्यान्वयनको चरणमा छौं ।’ उनले भने, ‘यसैका आधारमा शिक्षा नीति पनि आइसकेको छ ।’

मन्त्री पोखरेलले घोषणापत्रकै आधारमा काम अघिबढि रहेको दाबी गरेपनि संसदीय आफैंले जारी गरेको घोषणापत्र नेकपाले कार्यान्वयन गर्न सकेको छैन । जनता सामु गरेका प्रतिवद्धतालाई अलपत्र छाडेर जनभावना विपरीत सरकारले काम गरिरहेको विज्ञको ठहर छ ।

नेकपाको चुनावी घोषणापत्रमा समावेश भएका अधिकांश प्रतिबद्धताहरू अहिले पनि कागजमा नै सीमित भएका छन् । घोषणापत्रमा उल्लेख गरिका अधिंकाश बुदाँ नेकपाले बिर्सिसकेको सर्वत्र आलोचना हुन थालेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि एकिकृत भएका तत्कालीन  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धनले आफ्नो संयुक्त चुनावी घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राखी कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्ने भनिएको छ । तर बजेट सो प्रतिबद्धता अनुरुप अहिले सम्म आउन सकेको छैन ।सरकारले आर्थिक वर्ष २०७६/७७ मा शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरेको छ । यो बजेट कुल बजेटको १०.६३ मात्र हो ।

त्यस्तै राजधानीमा खेलकुद विश्वविद्यालय स्थापना गर्ने, माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गरिने, दुई वर्षभित्र सवै बालबालिकालाई विद्यालयमा भर्ना गराउने उल्लेख छ । तर सरकारले माध्यमिक शिक्षा निःशुल्क गर्न सकेको छैन । अहिले पनि सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने नाममा विभिन्न शीर्षकमा अभिभावककसंग आर्थिक सहयोग भन्दै शुल्क उठाइरहेको छ । यसको प्रभावकारी रुपमा अनुगमन तथा नियमन हुन सकेको छैन । निशुल्क माध्यमिक शिक्षा नारामा मात्र सीमित छ ।

यस्तै, विपन्न र विद्यालयबाट टाढा भएका विद्यार्थीको लागि आवासीय शिक्षाको व्यवस्था गरिने विषय पनि घोषणापत्रमा सीमित भएको छ । चुनावी घोषणापत्रमा राजधानीमा खेलकुद विश्वविद्यालय र प्रदेश सदरमुकाममा खेलकुदसम्बन्धी आवासीय विद्यालय सञ्चालन गर्ने उल्लेख छ ।घोषणापत्रमा दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको विद्यालय भर्ना सुनिश्चित गरिने उल्लेख छ ।

घोषणापत्रमा आगामी पाँच वर्षमा सबै नागरिकलाई साक्षर तुल्याइने भनिएको छ । अहिलेसम्म साक्षरता अभियानका लागि ११ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, अझै २५ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छ ।यस्तै, काठमाडौंमा खेलकुद विश्वविद्यालय स्थापना गरिने भनिएपनि प्रभाबकारी तरिकाले सो कार्यक्रम अघि बढ्न सकेको छैन ।

घोषणापत्रमा आगामी पाँच वर्षभित्र सबै नागरीकलाई साक्षर बनाईने उल्लेख भएपनि ५१ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । जबकी साक्षरताकै लागि भनेर १० अर्व रुपियाँ सरकारले खर्च गरिसकेको छ । शिक्षाबिद् कोइरालाले सरकारको इच्छाशक्ति नहुँदा अधिकांश शिक्षा सम्बन्धी योजनाहरु कागजमा सीमित भएको बताए । उनले भने, ‘सरकारको काम गर्ने इच्छाशक्ति नै देखिएन । अझै पनि केन्द्रिय मानसिकताबाट शिक्षा मन्त्रालय गुज्रिरहेको छ ।’ 

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार टिम ओर्कवाटै शिक्षा क्षेत्र अघि बढ्ने बताए । उनले भने, ‘शिक्षामा सबै क्षेत्रको समन्वय आवश्यक पर्छ । एकलौटी ढंगबाट कोहि पनि अघि बढ्नुहुँदैन ।’

A Levels MA
Thuprai - Books and E-books