व्यास नगरपालिकाले पूर्व निर्धारित सबै वार्षिक परीक्षा स्थगित गर्यो

तनहुँको व्यास नगरपालिकाको नगरशिक्षा समितिको आजको बैठकले नगरपालिकाभित्र सञ्चालित विद्यालयको वार्षिक परीक्षा एक महिनाका लागि स्थगित गरेको छ । नगर शिक्षा समितिले आज सरोकारवालासंग गरेको छलफलमा कोभोडि १९ को संक्रमण अहिलेसम्म नगरपालिका भित्र नभएको भए पनि संभावित जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको हो ।

समितिले प्रधानाध्यापक, विभिन्न संघसंगठनका प्रतिनिधिहरुको संयुक्त बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नगर शिक्षाशाखा प्रमुख नगेन्द्रप्रासद रेग्मीले बताए । कोभिड १९ को बढ्दो संक्रमणलाई मध्य नजर गर्दे सिसिएमसीको निर्णय तथा व्यास नगरपालिकाको निर्णय अनुसार विद्यालय एवं शैक्षिक संस्थाहरुमा बैशाख १५ गते देखि भौतिक कक्षा सञ्चालन बन्दगरी भर्चुअल र अन्य अन्य वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न सबै शिक्षणसंस्थालाई निर्देशन यसअघि नै दिइसकेको प्रमुख रेग्मीले जानकारी दिए ।

प्रमुख रेग्मीका अनुसार स्वस्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालनना गरी वार्षिक परक्षिा अग्रिम तालिका अनुसार नै सञ्चालन गर्ने असम्भव भएपछि परीक्षा स्थगित गरिएको हो ।