After SEE Portal

वीपी प्रतिष्ठान दिनप्रति दिन लथालिंग

Bridge Course

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उचित व्यवस्थापनको अभावमा लथालिंग हुँदै गएको एक प्रतिवेदेनले देखाएको छ ।

लामो समयदेखि शिक्षक कर्मचारीले प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन चर्काएपछि शैक्षिक अवस्था र जनशक्ति अध्ययन सम्बन्धी कार्यदलको प्रतिवेदनले प्रतिष्ठानमा भएका मेसिन लामो समयदेखि काम नलाग्ने, तीन बर्ष देखी नहुनु र संस्थानको सीटी स्क्यान मेशिन लामो समय देखि विग्रनुले अस्पतालको सेवा प्रवाह र शिक्षण सिकाईमा दीघकालीन असर पारेको औँल्याएको छ ।

सो प्रतिवेदनले डेण्टल सर्जरीमा भएका डेण्टल चेयर अधिकांस पूर्ण रुपमा काम नगर्ने पाइएको छ । काम नगर्ने चेयर मर्मत नगरेको र मर्मत गर्ने योजना समेत विभागीय प्रमुखसंग नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रयोगात्मक र सेवा प्रवाहका सामग्री समयमा सप्लाई नहुने तथ्य सार्वजनिक गरेको छ । कार्यदलले कलेज अफ डेण्टल सर्जरीमा ९ वटा विभाग, पोष्ट ग्राजुएट र अण्डर ग्राजुएटका अलग अलग विभाग खडा गरी शिक्षण सिकाई गरेको उल्लेख गरेको छ ।

जीर्ण भवन अझै बनेन्

सो अध्ययनमा भवनमा पानी चुहिएर कार्य सम्पादनमा समस्या उत्पन्न भएको छ । २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनाएका भागहरु अहिले सम्म मर्मत वा रेट्रोफिटिङ हुन सकेको छैन ।

जीर्ण भवनमा शिक्षक, विद्यार्थी, कर्मचारी र सेवाग्राही अझै त्रासमा सोही भवनमा काम गर्दै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  न्यू एकेडमी बिल्डिङमा एमबीबीएसको पठन पाठन हुने गरेको छ । यो भवनमा ४ वटा लेक्चर थिएटर रहेका छन् । परीक्षा सञ्चालनको लागि परीक्षा हल भएको छुट्टै भवन समेत यसमा रहेको छ ।

यो भवन पनि पानी चुहिने कारण जडान भएका मल्टिमिडिया र एसीहरु सञ्चालनमा समस्या आउने गरेको कार्यलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सिलिङ मर्मत र विद्युत सप्लाईलाई व्यवस्थित गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।

फोहोरी प्रतिष्ठान

सरसफाइका लागि पर्याप्त कर्मचारी भए पनि भवनका स्टोर कक्ष लगायतमा लामो समय देखि सरसफाई भएको छैन । सामान छरपस्ट छन् ।विद्यार्थी स्वयंलेनै कतिपय सिकाइका सामग्री आफैले किन्नु पर्ने नियति हुन जस्ता विषय विभागीय प्रमुख र व्यवस्थापन हेर्ने कर्मचारीको जिम्मेवारी वहन क्षमता कमजोर भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पदाधिकारीले पदीय जिम्मेवारी वहन नगरेको

कार्यदलको टालीले लकर कक्षलाई तत्काल सफा गर्न दिएको सुझाव दश मिनेटमै कार्यान्वयनमा आएको थियो । प्रतिष्ठानमा पूर्ण रुपमा सञ्चालन नभएका डेण्टल चयर राखेर शिक्षण गर्न नसकिने जनाउ दिएका केही समयमा तीस वटा नयाँ चेयर जडान हुने सम्झौता भएको मौखिक जानकारी टोलीलाई दिएर पदाधिकारीले पदीय जिम्मेवारी प्रति उदासिनताको राम्रो उदाहरण भएको कार्यदलको निष्कर्ष छ ।

पत्रपत्रिकामा लेखिएको जस्तो गुणस्तर नखस्किएको

आयोगको कार्यदल र नेपाल मेडिकल काउन्सिलको टोलीका सदस्यले प्रतिष्ठानका रेक्टर डीन, रजिष्ट्रार र अस्पताल निर्देशकहरुसँग भएको छलफलमा लामो समय सञ्चालन भएको आन्दोलनले गर्दा दैनिक सेवा प्रवाहित भएको निष्कर्ष निकालिएको छ ।

आन्दोलनका कारण शिक्षण सिकाइका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउन नसकेको,सिकाईको गुणस्तर कायम राख्न सवै किसिमका प्रयास भएको, पत्रपत्रिका र मिडियाका अन्य साधनमा लेखिए जस्तो शैक्षिक गुणस्तर नखस्किएको तथा नियमित रुपमा पाठ्यक्रमले निर्धारण गरे बमोजिम परीक्षाहरु सञ्चालन भएको तथा विद्यार्थीहरुको पोष्टिङ भई अस्पताल सेवा समेत सञ्चालन भएको उल्लृख गरेको छ ।

प्रतिवेदन शैक्षिकअवस्था तहस नहस नभएका वरु प्रमुख पदमा बहाल रहेका पदाधिकारीहरुको उदासिनता, आर्थिक प्रलोभन तथा बेमेलको स्थितिले सुधारका कार्यक्रमहरु सञ्चालन गर्न नसिकएको, विभागीय प्रमुखहरुलाई आर्थिक लगायत व्यवस्थापकीय जिम्मेवारी कानूनद्वारा सृजित नहुँदा विकृति हटाउन नसिकएको, विगत ३ वर्षदेखी शैक्षिक क्रियाकलाप सञ्चालनका प्रमुख आधारहरु रेडियोग्राफी र ल्याव सम्बन्धी सामग्रीको अभावले कठिनाई उत्पन्न भएको उल्लेख गरिएको छ ।

उपेक्षामा स्कुलअफ नर्सिङ

प्रतिष्ठानको स्कुलअफ नर्सिङ विभाग उपेक्षामा रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो विभाग पुरानो र जीर्ण भवनमा सञ्चालन गरिएको छ । सामान्य मर्मत्का लागि पनि व्यवस्थापनकै मुख ताक्नु पर्ने, विभागले गरेको मागको व्यवस्थापनले व्यवस्थापनबाट सुनुवाइ नै नहुने, शिक्षणसिकाइ क्रियाकलापका लागि सामग्रीको अभाव, बढुवा तथा पुरस्कारको व्यवस्थापन नहुँदा सबै पेसाप्रति उदासिन देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

छात्रावासमा पनि समस्यै समस्या

प्रतिवेदनले छात्रावासमा समेत समस्यै समस्या भएको उल्लेख गरेको छ । छात्रावासमा खानेपानीको समस्या, कुलर बिग्रेको, पानी ट्याङ्की वर्सौदेखि कहिल्यै सफा नगरेको उल्लेख गरिएको छ ।

सो प्रतिवेदनमा क्यान्टिनमा राम्रो खाना नपाउँदा छात्रा तथा महिला कर्मचारी मारमा पर्ने गरेको उल्लेख गरेको छ । बसाइको समस्या, इन्टरनेटमा समेत समस्या रहेको उल्लेख गरेको छ ।

प्रतिवेदनले डेण्टलका विद्यार्थीले सिकाइ सामग्री सिकाइ सामग्री आफैं किन्नु पर्ने, रेजिडेण्ट डाक्टर पनि एउटा कोठामा दुई जना बस्नु पर्ने अवस्था रहेको उल्लेख गरेको छ । होस्टल चार्ज महंगो असुल्ने गरेको पाइएको छ ।

A Levels MA
Thuprai - Books and E-books