After SEE Portal

नेपाल फिल्म क्याम्पसद्वारा भर्चुअल पिकनिक आयोजना

Bridge Course

नेपाल फिल्म क्याम्पसले आफ्ना विद्यार्थी तथा शिक्षकहरूको लागि भर्चुअल पिकनिकको आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त फिल्म स्टडिजमा स्नातक अध्यापन गराउने क्याम्पसका विद्यार्थी र शिक्षक आइतबारको पिकनिकमा जुम एप मार्फत एकै ठाउँ भेला भएको क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताए ।

जुम, गुगल मिट जस्ता एपहरू कामको लागि मात्र होइन परिस्थिति अनुसार अनौपचारिक भेटघाट गर्न, खुसी साटासाट गर्न र सकारात्मक ऊर्जा प्रदान गर्न प्रयोग गर्न सकिने क्याम्पसका एकेडेमिक डिरेक्टर सुवास कोइरालाले बताए। भर्चुअल पिकनिकमा क्याम्पसका विद्यार्थी तथा सेन्टि भाइरस चलचित्रका सङ्गीतकार सुशान्त गौतम, अपेक्षा सुब्बा, गोपाल बि.के र विजय श्रेष्ठले गीत गाएका थिए, सुमन गोले तामाङले हेटौँडाबाट गितारमा वरिष्ठ जर्मन सङ्गीतकार बिथोभेनको धुन सुनाए, अनिरूद्र दुवाडी, प्रविन के.सिले कविता वाचन गरे र किस्मत श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए ।

कोभिड -१९ का कारण लक डाउन भए देखि जुम एप मार्फत क्याम्पसले निरन्तर कक्षा सञ्चालन गराई विभिन्न प्रयोगात्मक अभ्यासहरू भइरहेको बेला विद्यार्थीलाई मानसिक दबाब बाट मुक्त गराउन भर्चुअल पिकनिकको आयोजना गरेको क्याम्पसका डिरेक्टर फिडेल देवकोटाले बताए । क्याम्पस प्रमुख उप्रेतीले भने, “हाम्रा विद्यार्थी घरै बसेर पढिरहेका छन्, स्क्रिप्ट लेखी रहेका छन् र मोबाइल तथा साना क्यामराको प्रयोग गरेर २ मिनेटका छोटा चलचित्र घरबाटै बनाइ रहेका छन् । क्याम्पस आउन नपाएको र साथीहरू सँग भेटघाट नभएकोले विद्यार्थीहरू निराश र बिक्षिप्त भए जस्तो अनुभव भयो । यो निराशा तोड्न र उनीहरूलाई सृजनशील ऊर्जा प्रदान गर्न भर्चुअल पिकनिकको आयोजना गरिएको हो”।

A Levels MA
Thuprai - Books and E-books