CMAT

​ भिडियो विज्ञापन प्रतियोगिताको अभिमूखीकरण कार्यक्रम सम्पन्न

२५ माघ,२०७५

सिटीजन कलेज सातदोबाटो ललितपुरमा स्थापीत सिटीजन क्रियटिभ क्लबको आयोजना तथा रियाक्सन नेपाल कन्सल्टेन्सीको आयोजनामा पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजहरुको बिचमा आयोजना गर्न लागीएको भिडियो विज्ञापन प्रतियोगिता २०७५को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

विद्यार्थीहरुको बिचमा आपसी समन्वय कायम गर्ने तथा विद्यार्थीहरुमा निहित ज्ञान तथा शिर्जनात्मक कलाको उजागर गर्ने उद्देश्यकासाथ फाल्गुन ४ गते आयोजना गर्न लागीएको उक्त कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रतियोगी विद्यार्थीहरु तथा कलेजका प्राचार्य हरिकृष्ण अर्याल, कार्यक्रम संयोजक मुस्कान खनाल तथा प्रमुख प्रशासक राजकुमार प्याकुरेल लगाएतको उपस्थिति रहेको थियो ।  सिटिजन कलेज  मा पोखरा बिश्वबिध्यालय अन्तर्गतका स्नातक तहमा देहाय बमोजिम  कोर्षहरु उच्च स्तरिय ढंगबाट संचालन हुदै आईरहेको  छ /

Bachelor of Business Administration (BBA) - Pokhara University | Available seats - 96

Bachelor of Business Administration - Travel and Tourism (BBA-TT) - Pokhara University | Available seats - 48

Bachelor of Computer Application (BCA) - Pokhara University | Available seats - 48

Thuprai - Books and E-books