After SEE Portal

अख्तियार र सम्पत्ति शुद्धीकरणमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिविरुद्ध उजुरी (उजुरीपत्र सहित )

Bridge Course

 चिकित्सा शिक्षाको नेतृत्वदायी  भूमिका निर्वाह गर्दै आएका राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरि विवादमा मुछिएका छन् । उनीबिरुद्ध झापाका दुर्गा प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् ।

 

प्रसाई झापा निवासी हुन् । उनले झापामा विएण्डसी अस्पताल सञ्चालन गर्दै आएका छन् । उजुरी पत्रमा डा. गिरिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ ।

डा.गिरिले उजुरीमाथि उल्लेखित कुरामा कुनै सत्यता नभएको स्पष्ट गरेका छन्,उनले प्रसाई विरुद्ध कानुनी  उपचारको बाटोमा जाने बताए । 

यस्तै, गैरकानुनी सम्पत्ति आर्जन गरेको पनि उनीमाथि आरोप लगाइएको छ । तर, डा.गिरिले उजुरीमाथि उल्लेखित कुरामा कुनै सत्यता नभएको स्पष्ट गरेका छन् । उनले प्रसाई विरुद्ध कानुनि उपचारको बाटोमा जाने बताए । 

अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले डा. गिरिको सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरेका छन् । 

प्रसाईंले अब अदालत र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी गुहार्ने बताए । नक्कली प्रमाणपत्रका कारण ३५ जना डाक्टरलाई २७ दिन थुन्ने सिआइबीले यो विषय पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

झापास्थित विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले गिरिबिरुद्ध उजुरी हालेका हुन् । गिरिमाथि २० करोड घुस मागेको आरोप लगाउँदै र योग्यतामाथि प्रश्न चिन्ह् उठाउँदै उजुरी दिएका हुन् । 

आफूले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरिसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको उजुरीपत्रमा उल्लेख छ । 

मंगलबार काठमाडौंमा प्रसाईले पत्रकार सम्मेलन गरी डा. गिरीमाथि उजुरी दिएको जानकारी दिएका थिए ।

 

A Levels MA
Thuprai - Books and E-books