After SEE Portal

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिक

Bridge Course

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि यस अगाडि दरखास्त दर्ता गरेका उम्मेदवारहरू मध्येबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरणका लागि  तालिका सार्वजनिक गरेको हो ।

सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चैत २७ गतेदेखि २९ गतेसम्म हुने सिफारिस समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

शुभ नारायण पाठक, अनिल कुमार पोखेल, जीवन कुमार ढकाल,  अशोक कुमार झा,  गुरू प्रसाद खनाल र प्रमोद कुमार झाको सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण चैत २७ गते बिहान ११ बजेदेखि राखिएको छ ।

बिजु कुमार थपलिया, विनोद पराजुली, देवी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल र उमेश कोइरालाको सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण चैत २८ गते बिहान ११ बजेदेखि राखिएको छ ।

संजेश प्रसाद कोइराला,  राज कुमार पोखेल, रेशम बहादुर थापा,  रमेश प्रसाद भट्टराई र महेश राज दाहाल चैत २८ गते बिहान ११ बजेदेखि राखिएको छ ।

A Levels MA