After SEE Portal

‘विश्वविद्यालय प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलो’: कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल

Bridge Course

कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले विश्वविद्यालय प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलो भएको बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको नवौँ वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख खनालले यस क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर जानुपर्ने बताउनुभयो । 

विश्वविद्यालयको मर्यादा र पेशागत सीप बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले दीक्षा प्राप्त गर्ने शिक्षामा जोड दिएको बताउनुभयो । उहाँले व्यवस्थापन सङ्कायअन्तर्गत एमफिल तथा इञ्जिनीयरिङतर्फ स्नातकोत्तर तहको पढाइ शुरु गरिएको बताउनुभयो ।

विश्वविद्यालयका १० आङ्गिक क्याम्पस रहेको उहाँले बताउनुभयो । कार्यक्रममा निमित्त रजिष्ट्रार यमबहादुर कार्कीले हरेक प्राज्ञिक क्षेत्र विभिन्न विकृतिबाट मुक्त हुनुपर्ने बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books