After SEE Portal

कृषि तथा वन विज्ञान विश्वविद्यालय तेस्रो दीक्षान्त सम्पन्न

Bridge Course

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो  दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२–०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५–७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीलाई दीक्षित  गरिएको छ । 

स्नताक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशुचिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित भएका छन् ।स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ र पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  र प्रमुख अतिथि भारतका डा वाईएस पारमर विश्विद्यालयका उपकुलपति .भाईचान्सलर) प्रा डा राजेश्वर सिंह चण्डाल रहेका थिए ।दीक्षान्त समारोहमा तीन वटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वोत्कृष्ठ अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक–एक जनालाई कुलपति पदक प्रदान गरिएको छ । 

विसं २०६९ बाट सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ विद्यार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधी कार्यक्रममा १४ विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ विद्यार्थी अध्ययन रहेका छन् । 

 

A Levels MA
Thuprai - Books and E-books