Bachelors Portal

विश्वविद्यालयलाई नेविसंघको ठाडो चेतावनी ‘राजनितिक भागबण्डा अन्त्य हुनुपर्छ’

 भदौ, काठमाडौं । विश्वविद्यालयमा पछिल्लो समयमा राजनीतिक भागबण्डाले चरम जरा गाडेको छ । यस्तो राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा खबरदारी ¥याली गरेको छ ।

 माइतीघरबाट शुरु गरिएको ¥याली बानेश्वरसम्म पुगेर समापन भएको थियो । उक्त ¥यालीमा सहभागीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट पदाधिकारी नियुक्ति भए उनीहरुलाई प्रवेश निषेध गर्ने बताए ।

भातृ संगठन नेविसंघको नेतृत्व विघटन भएकाले अहिले केही नेताले संयोजन गर्दै कार्यक्रम गर्ने गरेका छन् ।

 कार्यक्रमको संयोजन गरेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले सभालाई सम्बोधन गर्दै, नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबन्डा नरोकिए नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिए ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आह्वान गर्दै, भागबण्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा रोक्न नेविसंघ खबरदारीमा उत्रिएको छ । राजनितिक भागबण्डा छिटो रोक्नुपर्ने माग राख्दै नेविसघका त्रिभुवन विश्वविद्यालयका निवर्तमान सभापति हरि आचार्यले बताए ।

 उनले भने ‘‘सरकारले राजनीतिक ढंगले नियुक्ति गरेमा पदाधिकारिहरुलाई विश्वविद्यालय प्रवेश गर्न दिइनेछैन ।’’

Thuprai - Books and E-books