विश्वविद्यालयहरूले बोर्ड अफ ट्रस्टी गठन गर्नुपर्ने

विश्वविद्यालयहरूले बोर्ड अफ ट्रस्टीको गठन गर्नुपर्ने भएको छ । विश्वविद्यालयहरूले अबदेखि विधानमा नै बोडअफ ट्रस्टीको व्यवस्था गर्नुपर्ने भएको छ । उच्च शिक्षा ऐन, २०७६ (मस्यौदा) को दफा २६ अनुसार विश्वविद्यालय स्थापना गर्न चाहने निकाय वा संस्थाले विश्वविद्यालय स्थापना गर्नु अघि त्यस्तो विश्वविद्यालयमा लगानी गर्ने तथा विश्वविद्यालय सञ्चालन गर्नका लागि नाफा नलिने व्यवस्था सहितको एक बोर्ड अफ ट्रष्टी गठन गर्नु व्यवस्था गरेको छ ।

ऐन जारी हुनुभन्दा अगाडि स्थापना भएका विश्वविद्यालयले पनि बोर्ड अफ ट्रस्टीको व्यवस्था गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

बोर्ड अफ ट्रस्टीको मोडलमा मात्रै नयाँ विश्वविद्यालय स्थापना गर्न सकिने व्यवस्था छ । विश्वविद्यालय स्थापना गर्न चाहने निकाय वा संस्थाले लगानी र सञ्चालन गर्न नाफा नलिने सर्तसहित बोर्ड अफ ट्रस्टी स्थापना गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal