Bachelors Portal

शैक्षिक विकासमा नेपाल र यूएईबीच सहकार्य गरिने

काठमाडौँ, ३ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग आज संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गत अबुधावीका स्थानीय शिक्षामन्त्री डा अलि रसिद अल नुवामीले भेट गर्नुभएको छ । 

उहाँहरुबीच आज शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले विज्ञान प्रविधि र शिक्षाको विकासका लागि सहकार्य र सहयोग गर्न आग्रह गर्नुभएको उहाँका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो । 

यूएईको विकासका लागि नेपाली जनशक्तिले सहयोग गरेको स्मरण गर्दै उहाँले यूएईमा रहेका विश्वस्तरका विश्व विद्यालयबाट नेपाली विद्यार्थी पनि लाभान्वित हुने बताउनुभयो । दुई देशबीचको सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सहयोग गर्न यूईए सरकारसँग अनुरोध गर्नुभयो । 

भेट्न यूएईका शिक्षामन्त्री डा नुवामीले नेपालमा रहेका सबैं मदरसा विद्यालयलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्ने बताउनुभयो । उहाँले सबैं मदरसा विद्यालय प्रविधिमैत्री र आधुनिक बनाउने अभियानअन्र्तगत नेपालमा रहेका मदरसा विद्यालय पनि नयाँ ढङ्गले सञ्चालन हुनेगरी आधुनिक र व्यवस्थित विद्यालय बनाउन नेपाल सरकारसँग सहकार्यको अपेक्षा राखिएको बताउनुभयो । 

शिक्षामन्त्री डा नुवामीले विश्वशान्ति, विश्व भाइचाराका लागि यूएईले अन्तर्राष्ट्रिय अभियान चलाएको बताउँदैं नेपाल पनि विविधतापूर्ण भएकाले यो अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारलाई विज्ञान र प्रविधिको क्षेत्रमा सहयोग गर्न यूएई सरकार तयार रहेकोसमेत बताउनुभयो । 

Thuprai - Books and E-books