Bachelors Portal

दुई विद्यार्थी–तीन शिक्षक

Managed Admission 2022

दुरदराजका विद्यालयमा  पनि शिक्षकभन्दा विद्यार्थी कम भएको पाइएको छ ।  हुम्लाको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनीको प्राथमिक विद्यालयमा अहिले दुई विद्यार्थी र तीन जना  शिक्षक कार्यरत छन्।

सो विद्यालयमा दुई जना प्रावि दरबन्दीका शिक्षक र एक जना बाल विकास शिक्षक कार्यरत छन् । विद्यालयमा बाल विकासमा मात्र दुई जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले बताए ।

कक्षा ५ सम्म पठनपाठन हुने उक्त  विद्यालयमा कक्षा १ देखि ५सम्म एक जना पनि विदार्थी छैनन् । विद्यालयका अनुसार बाल विकासको पढाइ सकिए लगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने गरेका छन् ।

गत वर्षसम्म सो विद्यालयमा सातजना विद्यार्थी रहेको प्रधानाध्यापक चौधरीले जानकारी दिए । चौधरीकाअनुसार अहिले बाल विकासमा भर्ना भएका  दुई जना पनि नियमित विद्यालय आउँदैनन् । विद्यालय खाली हुने गरी विद्यार्थीलाई अन्यत्र नपठाउन अभिभावकसँग पटकपटक आग्रह गरिरहेको भए पनि विद्यालयले अभिभावकको विश्वास जित्न सकेको छैन ।

पालिकाभरि विचैमा विद्यालय छाड्ने समस्या पालिकाभरि डरलाग्दो रुपमा रहेको शिक्षा शाखा  प्रमुख मनराज बुढाले बताए । यसको सबैभन्दा बढी असर अरनीको विद्यालयमा परेको उनले जानकारी दिए । भौगोलिक अवस्थाका कारण उक्त विद्यालयलाई तत्काल समायोजना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

अभिभावकले विद्यालयमा भन्दा पनि गुम्बामा बालबालिकालाई पठाउने हुँदा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा पुगेको छ । सरकारले आवश्यकता पहिचान नगरी लगानी गर्दा गरेको लगानीको प्रभिफल दिन सकेको छैन । सो विद्यालयमा गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत दुईकोठे भवन निर्माण गरिएको थियो।

यसअघि विद्यालयसँग भएका तीनवटा भवनको अवस्था पनि स्तरोन्नति गरिएको छ। नाम्खा गाउँपालिकामा विद्यार्थी नभएर विद्यालय बन्द गर्नु परिरहेको छ । यसअघि लिमीका दुई विद्यालय बन्द भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले जानकारी दियो ।

Select college / campus