पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल विद्यालयका खेलाडीलाई आगामी दिनमा प्रथम स्थान हासिल गर्न हौसला प्रदान गर्ने उद्देश्यले विद्यालयले सम्मान गरेको छ ।
मोरङको जहदा गाउँपालिकाले आयोजना गरेको उक्त खेलमा १० भन्दा बढी विधा (खेल) मा अग्रता हासिल गर्दै तृतीय भएका विद्यार्थीलाई दुर्गा माध्यमिक विद्यालय जहदा-१ ले सम्मान गरेको हो ।
विद्यालयले एक कार्यक्रम आयोजना गरी उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको विद्यालयका प्रधानध्यापक संतोष कुमार साहले जानकारी दिए ।
सो प्रतियोगितामा सुस्मिता हेमब्रमले तीन ओटा पुरस्कार जितेकी थिइन् । उनले १०० मि दौड, र लङ्ग जम्पमा प्रथम र हाइजम्पमा द्वितीय पुरस्कार जितेकी छिन् ।
साथै छात्र तर्फ शिवलाल मरण्डीले पनि तीन ओटा पुरस्कार जितेका छन् उनले १०० मिटर दौडमा प्रथम, लङ्ग जम्प प्रथम, र सट फुट द्वितीय स्थानको पुरस्कार जितेका छन् ।
त्यसैगरी संतोष यादवले हाइजम्प द्वितीय, करण कुमार मण्डलले २०० मि दौडमा तृतीय, अमिस मरण्डीले ४०० मिटर दौड तृतीय स्थान हासिल गरेका छन् भनेअभिषेक मलाहाले ८०० मिटर दौडमा तृतीय स्थान हासिल गरेका छन् ।
सो पालिकामा रहेका ८ ओटा माध्यमिक विद्यालय प्रतियोगितामा सहभागी भएका थिए । सो प्रतियोगितामा प्रथम स्थान निलग्री मावि र द्वितीय स्थान दुर्गा मा।वि जहदा–५ ले हासिल गरेका थिए ।