After SEE Portal

दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमति

Bridge Course

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि  अनुमति पाएका छन् ।

चिकित्सा शिक्षा आयोगले दुवै प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।

आयोगले आगामी शैक्षिक सत्रका लागि  विद्यार्थी भर्ना गर्न दुवै प्रतिष्ठानलाई पहिलो पटक सिट निर्धारण गरेको छ ।

आयोगले नर्सिङ अध्यापनका लागि दुवै प्रतिष्ठानलाई बिएससी र बिएनएसका लागि २०–२० सिट निर्धारण गरेको छ । योसँगै दुवै प्रतिष्ठानमा पहिलो पटक नर्सिङ  कार्यक्रम सुरु  गर्ने ढोका खुलेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अगामी शैक्षिक शत्रदेखि अध्यापन सुरु हुने जानकारी दियो ।  कक्षा सञ्चालनका लागि भौतिक, प्रशासनिक अवस्था तयारी रहेको प्रतिष्ठानहरू बताउँछन् ।

A Levels MA
Thuprai - Books and E-books