CMAT

विद्यालयका लागि महायज्ञबाट दुई करोड

कावासोती, १२ मङ्सिर (रासस) ः अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव रु एक करोड ७५ लाख सङ्कलन गरेको छ । 

नवलपरासी मध्यविन्दु नगरपालिका–१ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव एवं धान्याञ्चल गीताज्ञान महायज्ञमा नगद र भूमिदान गरी सो रकम सङ्कलन गरिएको हो । 

सङ्कलित रकमबाट विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारमा खर्च गरिने विद्यालयका प्राधानाध्यपक दधिराम सापकोटाले बताउनुभयो । 

दुई सय ६५ विद्यार्थीले विद्यालयमा अध्यन गर्दै आएका र निजी स्रोतबाट दश शिक्षक राख्नुपरेको र उनीहरुको तलब जुटाउन समेत अप्ठ्यारो परेकाले महायज्ञ आयोजना गरिएको उहाँको भनाइ थियो । विद्यालयले निजी स्रोतका शिक्षकका लागि मासिक रु एक लाख १० हजार खर्च गर्दै आए पनि विद्यालयको आफ्नो आम्दानीको कुनै स्रोत नभएकाले समस्या हुँदै आएको प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो । 

न्यानो कपडा वितरण 

देवचुली नगरपालिका–१ केउरेनी बोटेटोलमा रहेको नवजागरण आधारभूत विद्यालयका तीस विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । देवचुली जेसिजको जेसिज सप्ताह कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जेसिज अध्यक्ष शालिकराम पुरीले जानकारी दिनुभयो । 

उक्त विद्यालयमा बोटे, माझी समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका ती बालबालिकालाई न्यानो कपडा वितरणले पढाइमा निरन्तरता आउने र जाडो समयमा विद्यालय नै नआउने स्थिति अन्त्य हुने उहाँले बताउनुभयो । 

Thuprai - Books and E-books