After SEE Portal

१० वर्षसम्म त्रिविको उत्तीर्ण दर ३० प्रतिशतभन्दा कम (सोच–पत्र सहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालयको विगत १० वर्षको उत्तीर्णदर ३० प्रतिशत नकटेको वर्तमान उपकुलपति प्राडा. केशर जङ्ग बरालले तयार पारेको त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापन सम्बन्धी सोच-पत्रमा उल्लेख छ । शैक्षिक वर्ष २०१३–१४ देखि २०२१–२२ सम्मको त्रिविको औसत उत्तीर्ण दर ३० प्रतिशत भन्दा बढी छैन ।

उपकुलपति बरालले तयार पारेको सोचपत्रमा  विश्वविद्यालय अनुदान आयोगले २०२३ मा  उच्च शिक्षा प्रदाय संस्थाहरूलाई दिएको कूल अनुदानको करिब ७२ प्रतिशत त्रिविलाई दिएको भए पनि उत्रीर्ण दरक सुधार हुन नसकेको उल्लेख छ ।

शैक्षिक वर्ष २०१३–०१४ देखि २०२१–२२ सम्मको त्रिविको औसत उत्तिर्ण दर ३० प्रतिशत भन्दा बढी नभएको सोचपत्रमा उल्लेख छ ।

आयोगको सोचपत्र अनुसार आर्थिक वर्ष २०२१–२२ मा यसका ६२ वटा आंगिक क्याम्पस, ५२८ वटा सामुदायिक क्याम्पस र ५५४ वटा निजी क्याम्पसहरूमा कूल ४, लाख ५४, हजार ६५ विद्यार्थी भर्ना भएको उल्लेख छ ।

विगत ६ वर्षमा सन् २०१६– ०१७ देखि २०२१–२२ को विद्यार्थी भर्नाको आंकडाले त्रिविले ७५ प्रतिशत देखि ७९ प्रतिशतसम्म उच्च शिक्षामा जाने विद्यार्थीको भार बहन गरेको छ ।

नयाँ विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई त्यति आक्रर्षण गर्न सकेको छैन । देशमा सञ्चालित ११ संघीय विश्वविद्यालयहरू, ५ स्वास्थ्य विज्ञान प्रतिष्ठान, २ प्रादेशिक विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पसको कूल संख्या १,४५५ छ र त्यस मध्ये त्रिविको ७८.६३ प्रतिशत कलेज÷क्याम्पसहरू छन् ।

आर्थिक वर्ष २०२१÷०२२ का ग्राज्यूएट मध्ये त्रिविबाट ग्राज्यूएट हुनेको संख्या ७१.१२ प्रतिशत थियो ।   यसले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाउंछ ।

त्रिविको अध्ययन विचैमा छोड्ने एकिकृत दर सम्बन्धी आधिकारिक तथ्याङ्क उपलब्ध नभएतापनि केही उपलब्ध तथ्याङ्कले यो दर पनि अस्वभाविक रुपमा बढी छ । विश्वविद्यालयमा अनेक प्रकारका बाधा अड्चनको कारणले गर्दा समयमा परीक्षा लिन र परीक्षाफल प्रकाशन गर्न नसक्दा शैक्षिक कार्यक्रम पुरा गर्न विद्यार्थीहरूलाई तोकिएको समय भन्दा बढी लाग्ने गरेको उल्लेख छ ।

सोच पत्रमा विश्वविद्यालयको गुणस्तर अभिबृद्धि र प्रभावकारिता; विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता; आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण; विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने; र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी विषय वस्तु समावेश गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच–पत्र

A Levels MA