त्रिभुवन विश्वविद्यालयको विगत १० वर्षको उत्तीर्णदर ३० प्रतिशत नकटेको वर्तमान उपकुलपति प्राडा. केशर जङ्ग बरालले तयार पारेको त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापन सम्बन्धी सोच-पत्रमा उल्लेख छ । शैक्षिक वर्ष २०१३–१४ देखि २०२१–२२ सम्मको त्रिविको औसत उत्तीर्ण दर ३० प्रतिशत भन्दा बढी छैन ।
उपकुलपति बरालले तयार पारेको सोचपत्रमा विश्वविद्यालय अनुदान आयोगले २०२३ मा उच्च शिक्षा प्रदाय संस्थाहरूलाई दिएको कूल अनुदानको करिब ७२ प्रतिशत त्रिविलाई दिएको भए पनि उत्रीर्ण दरक सुधार हुन नसकेको उल्लेख छ ।
शैक्षिक वर्ष २०१३–०१४ देखि २०२१–२२ सम्मको त्रिविको औसत उत्तिर्ण दर ३० प्रतिशत भन्दा बढी नभएको सोचपत्रमा उल्लेख छ ।
आयोगको सोचपत्र अनुसार आर्थिक वर्ष २०२१–२२ मा यसका ६२ वटा आंगिक क्याम्पस, ५२८ वटा सामुदायिक क्याम्पस र ५५४ वटा निजी क्याम्पसहरूमा कूल ४, लाख ५४, हजार ६५ विद्यार्थी भर्ना भएको उल्लेख छ ।
विगत ६ वर्षमा सन् २०१६– ०१७ देखि २०२१–२२ को विद्यार्थी भर्नाको आंकडाले त्रिविले ७५ प्रतिशत देखि ७९ प्रतिशतसम्म उच्च शिक्षामा जाने विद्यार्थीको भार बहन गरेको छ ।
नयाँ विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई त्यति आक्रर्षण गर्न सकेको छैन । देशमा सञ्चालित ११ संघीय विश्वविद्यालयहरू, ५ स्वास्थ्य विज्ञान प्रतिष्ठान, २ प्रादेशिक विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पसको कूल संख्या १,४५५ छ र त्यस मध्ये त्रिविको ७८.६३ प्रतिशत कलेज÷क्याम्पसहरू छन् ।
आर्थिक वर्ष २०२१÷०२२ का ग्राज्यूएट मध्ये त्रिविबाट ग्राज्यूएट हुनेको संख्या ७१.१२ प्रतिशत थियो । यसले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाउंछ ।
त्रिविको अध्ययन विचैमा छोड्ने एकिकृत दर सम्बन्धी आधिकारिक तथ्याङ्क उपलब्ध नभएतापनि केही उपलब्ध तथ्याङ्कले यो दर पनि अस्वभाविक रुपमा बढी छ । विश्वविद्यालयमा अनेक प्रकारका बाधा अड्चनको कारणले गर्दा समयमा परीक्षा लिन र परीक्षाफल प्रकाशन गर्न नसक्दा शैक्षिक कार्यक्रम पुरा गर्न विद्यार्थीहरूलाई तोकिएको समय भन्दा बढी लाग्ने गरेको उल्लेख छ ।
सोच पत्रमा विश्वविद्यालयको गुणस्तर अभिबृद्धि र प्रभावकारिता; विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता; आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण; विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने; र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी विषय वस्तु समावेश गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच–पत्र