त्रिवि सेवा आयोगका विवादीत अध्यक्ष शर्मा पदबाट वाहिरीए , को बन्ला अध्यक्ष ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्ष चैतन्य शर्मा पदबाट बाहिरीएका छन् ।  कार्यकाल सकिएसंगै शर्मा अध्यक्ष पदवाट वाहिरीएका हुन् ।

 शर्मा अध्यक्ष रहेकै बेला आफन्तलाई स्थायी बनाउन खोजेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । परिक्षा हिनामीना गरेको अख्तियारले ठहर गरेपछि विशेष अदालतमा शर्मा बिरुद्ध परेको मुद्धा  विचाराधीन छ । 


यसैविच, आयोगको रिक्त अध्यक्ष पदमा त्रिभुवन विश्वविद्यालयबाट चारजना प्राध्यापकहरू आकांक्षी रहेको जनाइएको छ । त्रिवि सेवा आयोगको अध्यक्षका आकांक्षीहरूमा शंकर भण्डारी, लालु पौडेल, यादव लामिछाने र विजय सिलवाल छन् । प्राध्यापक भण्डारी त्रिविअन्तर्गत उच्च शिक्षा परियोजनाका प्रमुख थिए । त्रिविबाट अवकाशप्राप्त लामिछाने प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष हुन् ।

 संगठनकै पूर्वअध्यक्ष सिलवाल त्रिविबाट अवकाशप्राप्त प्राध्यापक हुन् । पौडेल त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख हुन् । दोस्रो कार्यकालका निम्ति विभागीय प्रमुख पौडेल त्रिविका विज्ञका रूपमा परिचित छन् ।