त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्वजनिक सूचना जारी गर्दै सुरेन्द्र प्रसाद कोइराला र केदार भट्टराईको ट्रान्स्क्रप्ट रद्द गरेको जनाएको छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट जारी गरिएको सार्वजनिक सूचना
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत त्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र बहुमुखी क्याम्पस, सरस्वती सदनमा स्नातकोत्तर तहमा समाजशास्त्र विषय अध्ययनका लागि सन् 2003 देखि 2005 मा भर्ना भएका, पाटन संयुक्त क्याम्पस, पाटनढोकामा मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतको स्नातकोत्तर तह ग्रामीण विकाश विषय अध्ययनका लागि सन् 2008 देखि 2010 मा भन भएको र सोही संकाय अन्र्तगको सोही क्याम्पसमा स्नातकोत्तर तह अर्थशास्त्र विषय अध्ययनको लागि सन् 2014 देखि 2016 मा भर्ना भएका सुरेन्द्र प्रसाद कोइरालाको नाममा यस परीक्षा नियन्त्रण कार्यालयबाट Regd.No.12022-86 जारी भएको Issue Number 64013603, 64053911, 64048819 को र त्रि.वि. पाटन संयुक्त क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकाय अन्र्तगत अर्थशास्त्र विषय अध्ययनका लागि सन् 2014 देखि 2016 मा भर्ना भएका केदार भट्टराईको नाममा परीक्षा नियन्त्रण कार्यालयबाट Regd.No.7-2-706-86-2011 जारी भएको Issue No.64048820 को ट्रान्स्क्रप्टमा उल्लेख गरिएको विषयहरुमा उल्लेखित अंकहरु परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी प्रलोभनमा परी मार्क स्लीपमा उल्लेखित प्राप्ताङ्गलाई माक्स लेजरमा फरक गरी चढ़ाई विश्वविद्यालयको नियम र प्रचलित कानुन विपरित अंक थप गरी ट्रान्स्कृप्ट जारी भएको पाईएको कुरा यस परीक्षा नियन्त्रण कार्यालयबाट छानविन गर्न गठित समिति र श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन हुँदा पुष्टि भएको देखिएकोले उक्त कार्यमा संलग्न कर्मचारी एवं सम्बन्धित अन्य व्यक्तिहरु उपर श्री विशेष अदालत, काठमाडौमा भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर पनि भइसकेको हुँदा अंक फेरबदल गरी जारी भएको प्रमाणपत्रहरु सार्वजनिक निकायहरुमा पेश हुन सक्ने भएको हुनाले यस सूचनामा उल्लेखित नम्बरहरुको ट्रान्स्क्रप्टहरु त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २५ तथा त्रिभुवन विश्वविद्यालय परीक्षा व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७२ को दफा ९.२.५ वमोजिम केन्द्रीय परीक्षा संचालक समितिको मिति २०६।४।३ गते बसेको बैठकको निर्णयानुसार रद्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
परीक्षा नियन्त्रक