A Levels MA

शिक्षक सेवा आयोग माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६

नेपाल सरकार

शिक्षक सेवा आयोग माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६

लिखित परीक्षा : पूर्णाङ्क: २००

१ सामान्य परीक्षा : पूर्णाङ्कः १००

२ विषयगत परीक्षा : पूर्णाङ्कः १००

लिखित परीक्षा योजना ( Written Examination Scheme)

विषय क्षेत्र पूर्णाङ्क उत्तीर्णाङ्क प्रश्न संख्या अङ्कभार परीक्षा प्रणाली समय

सामान्य परीक्षा

(विज्ञापन भएका सबै विषयहरूका लागि

१०० ५० ५० ५०* २ वस्तुगत / बहुबैकल्पिक १ घण्टा
सम्बन्धित विषयको विषयगत परीक्षा १०० ४० १० १० *१०

विषयगत  विश्लेषणात्मक

३ घण्टा

लिखित परीक्षा अन्तरगत सामान्य परीक्षाको पाठ्यक्रम ढाँचा, विषय क्षेत्र र अङ्कभार

परीक्षा प्रणाली:  वस्तुगत / बहुबैकल्पिक

समय: १ घण्टा

खण्ड विषय क्षेत्र अङ्क भार प्रश्न सङ्ख्या
सामान्य ज्ञान ४० २०
शिक्षा सम्बन्धी आधारभूत ज्ञान २४ १२
बौद्धिक परीक्षण १६
घ  सूचना तथा सञ्चार प्रविधि १०
संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु १०

द्रष्टव्य:

१. बस्तुगत / बहुबैकल्पिक परीक्षाको लागि १ घण्टा समय निर्धारण गरिएको छ।

२. बस्तुगत / बहुबैकल्पिक प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर वापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।

३. यस पाठ्यक्रम अन्तर्गतका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानुन (ऐन, नियम) तथा नीतिहरु परीक्षाको मिति भन्दा ३ महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ।

४. सामान्य परीक्षा विज्ञापन भएका सबै विषयहरूका लागि एउटै अर्थात साझा हुनेछ ।

५. सामान्य परीक्षामा उतीर्ण गरेका उमेदवारहरुले मात्र सम्बन्धित विषयको विषयगत परीक्षामा सम्मिलित गराइने छ।

६. सम्बन्धित विषयको विषयगत परीक्षामा उतीर्णाङ्क ल्याउने उमेदवारले सामान्य परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको ५० प्रतिशत अङ्क जोडेर लिखत परीक्षाको नतीजा प्रकाशन गरिने छ।

७. यो पाठ्यक्रम २०७६/११/०१ देखि लागू हुने छ।

माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम

खण्डः क सामान्य ज्ञान (४० अङ्क)

१. ब्रह्माण्ड सम्बन्धी जानकारी

  १.१. सौर्यमण्डलः सूर्य, ग्रह, उपग्रह, तारा

  १.२. पृथ्वीः परिचय, उत्पति र गति

२. विश्वको भूगोल

२.१. महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता

२.२. अवस्थिति, अक्षांस, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरी, भूकम्प र ज्वालामुखी

२.३. जलवायु, पर्वत श्रृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी र हिमनदी

३. नेपालको भूगोल

३.१. भौगोलिक अवस्था, धरातलीय स्वरुप, किसिम र विशेषता

३.२. प्राकृतिक स्रोतहरु, किसिम, उपलब्धा र वर्तमान अवस्था

३.३. भौगोलिक विविधता र जनजीवन

३.४. हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव

४. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था

४.१. प्राचीनकाल (किराँत र लिच्छवि) र मध्यकालको सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था

४.२. आधुनिक इतिहास: महत्वपूर्ण राजनीतिक घटनाक्रम , कारण र परिणाम

४.३. नेपाली समाज र यसको बनोट

४.४. सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता

४.५. साँस्कृतिक सम्पदा: किसिम, स्थिति, विशेषता, महत्व र संरक्षण

५. नेपालको आर्थिक विकास

५.१. नेपालको अर्थतन्त्रको स्वरूप

५.२. विकासका पूर्वधारहरुः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार र विद्युत

५.३. योजनाबद्ध विकासः चालु आवधिक योजना र बजेट

५.४. राष्ट्रिय गौरवका आयोजनाहरु

६. वातावरण, विज्ञान र प्रविधि

६.१. दिगो विकासका अवयवहरु, लक्ष्य, उद्देश्य र रणनीति

६.२. विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, हरितगृह प्रभाव र वातावरण प्रदूषण

६.३. पारिस्थितिक पद्दति (Ecosystem): मानव गतिविधि र पारिस्थितिक पद्दति (Ecosystem) मा परेको प्रभाव

६.४. जनसांख्यिकीय, शहरीकरण र बसाइँ सराइको वर्तमान अवस्था

६.५. जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा

६.६. विज्ञान र प्रविधिको विकास

७. अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था

७.१. संयुक्त राष्ट्रसंघः यसका अंगहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरु

७.२. क्षेत्रीय संगठनः सार्क र विमस्टेक

७.३. विश्व बैंक र एशियाली विकास बैंक

८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी

खण्डः ख शिक्षासम्बन्धी आधारभूत ज्ञान (२४ अङ्क)

१. शिक्षाको परिचय र नेपालको शैक्षिक विकास

१.१. शिक्षाको स्वरुप उद्देश्यहरु र कार्यहरु

१.३. शिक्षाका आधुनिक प्रवृति

१.४. नेपालको आधुनिक शैक्षिक इतिहास

२. शिक्षा मनोविज्ञान

२.१. शिक्षा मनोविज्ञानः अवधारणा र आवश्यकता

२.२. मानव विकासः वृद्धि र विकासको अवधारणा

२.३. किशोरावस्थाः किशोरावस्थाका रुचि र परिवर्तनहरू

३. सिकाइ प्रकृया र सिकाइका सिद्धान्त

३.१. सिकाइमा प्रभाव पार्ने तत्त्वहरुः सिकाइको स्थानान्तरण, स्मरण र विस्मरण र उत्प्रेरणा

३.२. सिकाइ सिद्धान्तः परिचय, विशेषता र शैक्षिक उपयोगिता

३.२.१ शास्त्रीय सम्बन्धन सिद्धान्त (Classical Conditioning Theory)

३.२.२ कार्यपरक सम्बन्धन सिद्धान्त (Operant Conditioning Theory)

३.२.३ प्रयत्न र भूल सिकाइ सिद्धान्त (Trial and Error Learning Theory)

३.२.४ अन्तरदृष्टि सिकाइ सिद्धान्त (Insightful Learning Theory)

३.२.५ जिन पियाजेको सिकाइ सिद्धान्त (Jean Piaget's Cognitive Developmental Theory)

३.२.६ बान्डुराको सिकाइ सिद्दान्त (Bandura's Social Learning Theory)

४. पाठ्यक्रम तथा पाठ्यपुस्तक

४.१. पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र र क्रम

४.२. नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासक्रम र वर्तमान अभ्यास

४.३. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, (विद्यालय शिक्षा)

४.४. पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका

५. शिक्षण सिकाइ योजना, विधि र शिक्षण सामग्री

५.२. शिक्षण सिकाइ विधि

५.३. शिक्षण सामग्रीः अर्थ, वर्गीकरण, निर्माण र प्रयोग

६. मूल्याङ्कन र परीक्षा

६.१. परीक्षा र मूल्याङ्कनको अवधारणा, प्रकार, साधन र विशेषता

६.२. प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रश्नहरुको विश्लेषण, वैधता र विश्वसनीयता

६.३. निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्दति

६.४. परीक्षाफलको विश्लेषण र प्रयोग, विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षण (NASA) प्रतिवेदन

७. शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन

७.१. कक्षाकोठा व्यवस्थापनको अवधारणा र विविधता व्यवस्थापन

७.२. शैक्षणिक संगठनः कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण

८. शिक्षक पेशागत विकास र शैक्षिक अनुसन्धान

८.१. शिक्षक तालिम र क्षमता विकास

८.२. शिक्षक सक्षमताको प्रारूप २०७२

८.३. शैक्षिक अनुसन्धानः अर्थ, आवश्यकता र प्रयोग (घटना अध्ययन र कार्यमूलक अनुसन्धान)

खण्डः ग सामान्य बौद्धिक परीक्षण (General Mental Ability Test) (१६ अङ्क)

१. शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence test)

१.१. शब्द ज्ञान परीक्षण (Word knowledge tests)

१.२. समरूपता ( Analogies)

१.३. शाब्दिक वर्गीकरण (Verbal Classification)

१.४. विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms)

१.५. शाब्दिक पजलहरू, अमिल्दा शव्दहरू (Verbal Puzzles Including Jumbled Words)

२. गणितीय क्षमता (Mathematical Ability)

२.१. श्रेणीक्रम समस्याहरू (Series Problems)

२.२. छुटेका सङ्ख्याहरू पुरा गर्ने (Fill in the Missing Numbers)

२.३. गणितीय पजलहरू (Mathematical Puzzles)

२.४. भिन्न र दशमलव (Fraction and Decimal)

२.५. प्रतिशत र अनुपात (Percentage and Ratio)

२.६. नाफा, नोक्सान, कार्य र समय (Profit, Loss, Time and Work)

२.७. तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरण (Data Checking, Data Interpretation and

Verification) ३. स्थानिक तार्किक सीप (spatial Reasoning Skills)

३.१. वस्तु मिलान (Object Assembly)

३.२. अङ्क संकेत/ कोडिङ्ग (Digit Symbol/Coding)

३.३. चित्र मिलान (Picture Arrangement)

३.४. चित्र पुरा गर्ने (Picture Completion)

३.५. मेट्रिक्स रिजनिङ (Matrix Reasoning)

४. दृश्यात्मक/धारणात्मक सीप (Visual/Perceptual Skills)

४.१. सीमित सूचनाको आधारमा निश्कर्ष (Stringing separate related pieces of Information)

४.२. समान प्रकारका वस्तु पहिचान (Picking out identical things from a collection)

४.३. असमान वस्तु/चित्र पहिचान (Identifying the odd one out)

खण्ड घः सूचना तथा सञ्चार प्रविधि  (१० अङ्क)

१. कम्प्युटरः परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर र अफिस प्याकेज, (वर्ड, एक्सेल, पावर प्वान्ट) इमेल, इन्टरनेट।

२. विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयर सम्बन्धी आधारभूत ज्ञान

३. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग (श्रव्य, दृश्य तथा अन्तरक्रियात्मक डिजिटल सामग्री, ई पुस्तकालय), विकास र व्यवस्थापन

४. साइवर अपराध र सुरक्षा सम्बन्धी आधारभूत ज्ञान 

खण्ड ङः संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु (१० अङ्क)

१. नेपालको संविधान

२. शिक्षा ऐन, २०२८

३. शिक्षा नियमावली, २०५९

४. शिक्षक सेवा आयोग नियमावली, २०५७

५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी )

Thuprai - Books and E-books