नेपाल सरकार
शिक्षक सेवा आयोग आधारभूत (निम्न माध्यमिक र प्राथमिक) तह तृतीय श्रेणीको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६
लिखित परीक्षा : पूर्णाङ्क: २००
१ सामान्य परीक्षा : पूर्णाङ्कः १००
२ विषयगत परीक्षा : पूर्णाङ्कः १००
लिखित परीक्षा योजना ( Written Examination Scheme)
विषय क्षेत्र | पूर्णाङ्क | उत्तीर्णाङ्क | प्रश्न संख्या | अङ्कभार | परीक्षा प्रणाली | समय |
सामान्य परीक्षा (विज्ञापन भएका सबै विषयहरूका लागि |
१०० | ५० | ५० | ५०* २ | वस्तुगत / बहुबैकल्पिक | १ घण्टा |
सम्बन्धित विषयको विषयगत परीक्षा | १०० | ४० | १० | १० *१० |
विषयगत विश्लेषणात्मक |
३ घण्टा |
लिखित परीक्षा अन्तरगत सामान्य परीक्षाको पाठ्यक्रम ढाँचा, विषय क्षेत्र र अङ्कभार
परीक्षा प्रणाली: वस्तुगत / बहुबैकल्पिक
समय: १ घण्टा
खण्ड | विषय क्षेत्र | अङ्क भार | प्रश्न सङ्ख्या |
क | सामान्य ज्ञान | ३० | १५ |
ख | शिक्षा सम्बन्धी आधारभूत ज्ञान | ४० | २० |
ङ | बौद्धिक परीक्षण | १० | ५ |
ग | सूचना तथा सञ्चार प्रविधि | १० | ५ |
घ | संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु | १० | ५ |
द्रष्टव्य:
१. बस्तुगत / बहुबैकल्पिक परीक्षाको लागि १ घण्टा समय निर्धारण गरिएको छ।
२. बस्तुगत / बहुबैकल्पिक प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर वापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।
३. यस पाठ्यक्रम अन्तर्गतका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानुन (ऐन, नियम) तथा नीतिहरु परीक्षाको मिति भन्दा ३ महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ।
४. सामान्य परीक्षा विज्ञापन भएका सबै विषयहरूका लागि एउटै अर्थात साझा हुनेछ ।
५. सामान्य परीक्षामा उतीर्ण गरेका उमेदवारहरुले मात्र सम्बन्धित विषयको विषयगत परीक्षामा सम्मिलित गराइने छ।
६. सम्बन्धित विषयको विषयगत परीक्षामा उतीर्णाङ्क ल्याउने उमेदवारले सामान्य परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको ५० प्रतिशत अङ्क जोडेर लिखत परीक्षाको नतीजा प्रकाशन गरिने छ।
७. निम्न माध्यमिक र प्राथमिक तहको परीक्षा छुट्टाछट्टै सञ्चालन हुनेछ।
८. यो पाठ्यक्रम २०७६/११/०१ देखि लागू हुनेछ।
आधारभूत (निम्न माध्यमिक र प्राथमिक) तह तहको सामान्य परीक्षाको पाठ्यक्रम
खण्डः क
सामान्य ज्ञान र समसामयिक विषय (३० अङ्क)
१. ब्रह्माण्ड सम्बन्धी जानकारी
१.१. सौर्यमणडलः सूर्य, ग्रह, उपग्रह, तारा
१.२. पृथ्वीः परिचय, उत्पति र गति
२. विश्वको भूगोल
२.१. महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
२.२. अवस्थिति, अक्षांस, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरी
२.३. जलवायु, पर्वत श्रृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी र हिमनदी
३. नेपालको भूगोल
३.१. भौगोलिक अवस्था, धरातलीय स्वरुप, किसिम र विशेषता
३.२. प्राकृतिक स्रोतहरु, किसिम, उपलब्धता र उपयोग
३.३. भौगोलिक विविधता र जनजीवन
३.४. हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव
४. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
४.१. आधुनिक इतिहास: महत्त्वपूर्ण राजनीतिक घटनाक्रम
४.२. नेपाली समाजः बनोट, सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता
४.३. साँस्कृतिक सम्पदा: किसिम, स्थिति, विशेषता, महत्त्व र संरक्षण
५. नेपालको आर्थिक विकास
५.१. नेपालको अर्थतन्त्रको स्वरूप
५.२. विकासका पूर्वधारहरु: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, विद्युत र पर्यटन
५.३. चालु आवधिक योजना र बजेट
६. वातावरण, विज्ञान र प्रविधि
६.१. दीगो विकास, नेपालको जलवायुको अवस्था, हरितगृह प्रभाव, वातावरण प्रदूषण
६.२. पारिस्थितिक पद्दति (Ecosystem): परिचय र प्रकार
६.३. जनसांख्यिकीय, शहरीकरण र बसाइँ सराइ र असर
६.४. जैविक प्रविधि र वैकल्पिक उर्जा
६.५. विज्ञान र प्रविधिको विकास
७. अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था
७.१. संयुक्त राष्ट्रसंघः यसका अंगहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरु
७.२. क्षेत्रीय संगठनः सार्क र विमस्टेक
८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी
खण्डः ख
शिक्षासम्बन्धी आधारभूत ज्ञान (४० अङ्क)
१. शिक्षाको परिचय र नेपालको शैक्षिक विकास
१.१. शिक्षाको अर्थ ,परिभाषा, स्वरुप, उद्देश्यहरु र कार्यहरु
१.२. नेपालको आधुनिक शैक्षिक इतिहास
१.३. शैक्षिक संगठन र संरचना
२. शिक्षा मनोविज्ञान
२.१. शिक्षा मनोविज्ञान: अर्थ, अवधारणा, आवश्यकता र महत्त्व
२.२. मानव विकासः वृद्धि र विकासको अवधारणा, चरण र विशेषता
२.३. उत्तर बाल्यावस्थाः विशेषता, उत्तर बाल्यावस्थामा देखापर्ने परिवर्तनहरू (शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक परिवर्तन) रुचिहरु
२.४. उत्तर बाल्यावस्थाका विद्यार्थीहरुको सामाजिकीकरणमा शिक्षक र अभिभावकको भूमिका
३. सिकाइ र प्रभाव पार्ने तत्वहरु
३.१. सिकाइ: परिचय, अर्थ, स्वरुप र प्रभाव पार्ने तत्त्वहरु
३.२. सिकाइको स्थानान्तरणः अवधारणा, प्रकार, सिद्धान्त र प्रभाव पार्ने तत्वहरु
३.३. उत्प्रेरणाः अवधारणा, आवश्यक्ता र विद्यार्थीहरुमा उत्प्रेरणा जगाउने उपायहरु
३.४. पुनर्वल (Reinforcement): अवधारणा, प्रकार र प्रयोग
४. सिकाइ प्रकृया र सिकाइका सिद्धान्तहरु
४.१. सिकाइका सिद्धान्तः परिचय, विशेषता र शैक्षिक उपयोगिता
४.२. शास्त्रीय सम्बन्धन सिद्धान्त (Classical Conditioning Theory)
४.३. कार्यपरक सम्बन्धन सिद्धान्त (Operant Conditioning Theory)
५. पाठ्यक्रम तथा पाठ्यपुस्तक
५.१. पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम
५.२. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६
५.३. पाठ्यक्रममा विविधता व्यवस्थापन, स्थानीय पाठ्क्रम, एकीकृत पाठ्यक्रम
५.४. पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका र सम्बन्ध
६. शिक्षण सिकाइको योजना, विधि र शिक्षण सामग्री
६.१. शैक्षणिक योजनाः अर्थ र आवश्यकता, वार्षिक कार्ययोजना, वार्षिक शैक्षणिक योजना ,एकाइ योजना र दैनिक पाठयोजना
६.२. शिक्षण सिकाइ विधि: अर्थ, शिक्षक केन्द्रीत शिक्षण विधि, अन्तरक्रियात्मक शिक्षण विधि, विद्यार्थी केन्द्रीत शिक्षण विधि
६.३. शिक्षण सामग्रीः अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारण
७. मूल्याङ्कन र परीक्षा
७.१. मापन र मूल्याङ्कन बीच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषता
७.२. परीक्षाको अर्थ र प्रकार (विषयगत, वस्तुगत, स्तरीकृत र शिक्षक निर्मित परीक्षा)
७.३. प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रश्नहरुको विश्लेषण, वैधता र विश्वसनीयता
७.४. निरन्तर मूल्याङ्कन प्रणाली, अक्षराङ्कन पद्धति र नेपालको सन्दर्भमा निरन्तर मूल्याङ्कन प्रणालीको अवस्था
८. शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन
८.१. कक्षाकोठा व्यवस्थापन: अवधारणा, आवश्यक्ता र महत्त्व
८.२. कक्षाकोठामा विविधता व्यवस्थापनः भाषिक, लैङ्गिक, अपाङ्गता, आर्थिक, सामाजिक र साँस्कृतिक
८.३. शैक्षणिक संगठनः कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण
८.४. विद्यालयमा द्वन्द्व व्यवस्थापन, विपत व्यवस्थापन, सङ्कट व्यवस्थापन
९. शिक्षक पेशागत विकास र शैक्षिक अनुसन्धान
९.१. शिक्षक तालिम र क्षमता विकास
९.२. शैक्षिक अनुसन्धानः अर्थ, आवश्यकता र महत्त्व
९.३. घटना अध्ययन र कार्यमूलक अनुसन्धानः उद्देश्य, र प्रयोग
खण्ड ग
सूचना तथा सञ्चार प्रविधि (१० अङ्क)
१. कम्प्युटर: परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर र अफिस प्याकेज, (वर्ड, एक्सेल, पावर प्वान्ट) इमेल, इन्टरनेट।
२. विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयर सम्बन्धी आधारभूत ज्ञान
३. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग (श्रव्य, दृश्य तथा अन्तरक्रियात्मक डिजिटल सामग्री, ई.पुस्तकालय), विकास र व्यवस्थापन
४. साइवर अपराध र सुरक्षा सम्बन्धी आधारभूत ज्ञान
खण्डः घ
संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु (१० अङ्क)
१. नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरु)
२. शिक्षा ऐन, २०२८
३. शिक्षा नियमावली, २०५९
४. शिक्षक सेवा आयोग नियमावली, २०५७
५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी )
खण्डः ङ
सामान्य बौद्धिक परीक्षण (General Mental Ability Test) (१० अङ्क)
१. शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence test)
१.१. शब्द ज्ञान परीक्षण (Word knowledge tests)
१.२. समरूपता ( Analogies)
१.३. शाब्दिक वर्गीकरण (Verbal Classification)
१.४. विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms)
१.५. शाब्दिक पजलहरू, अमिल्दा शव्दहरू (Verbal Puzzles Including Jumbled Words)
२. गणितीय क्षमता (Mathematical Ability)
२.१. श्रेणीक्रम समस्याहरू (Series Problems)
२.२. छुटेका सङ्ख्याहरू पुरा गर्ने (Fill in the Missing Numbers)
२.३. गणितीय पजलहरू (Mathematical Puzzles)