After SEE Portal

त्रिविद्वारा फागुन १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ ।

सम्बन्धित स्थानीय तहले तय गरेको समय सीमा र मापदण्ड कायम गरी सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन गराउने निर्देशन दिएको हो ।

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले  जारी गरेको सूचनामा  उल्लेख गरिएको छ । 

जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविले आफ्ना मातहतका सबै निकायलाई सूचनामार्फत् निर्देशन दिएको छ ।कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो। उक्त स्थगित परीक्षा सञ्चालन गर्न त्रिविले गत माघ १९ गते परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

A Levels MA
Thuprai - Books and E-books