Bachelors Portal

त्रिविले विश्वका ५०० विश्वविद्यालयलाई सजिलै समकक्षता दिने (कार्यविधि सहित)

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ को बैठकले समकक्षता सम्बन्धी कार्यविधि संशोधन गरेको छ । परिषद्को निर्णय नम्बर २२६३ अनुसार कार्यविधिको दफा नम्बर ४ लाई संशोधन गरी त्रिविले टाइम्स हायर एजुकेसन रेकिंगको विश्वविद्यालयको अन्तर्राष्ट्रिय र्याङिकङ अनुसार १ देखि ५ सयसम्म रहेका विश्वविद्यालयको समकक्षता सहजै दिइने गरी कार्यविधि संशोधन गरेको हो ।

 विद्यावारिधीको उपाधि (पीएडी) प्राप्त गर्ने व्यक्तिले कागजात पेस गरेमा समकक्षता दिइने छ । स्नातक, स्नातकोत्तर र दर्शनाचार्य तहको उपाधि प्राप्त गरेको व्यक्तिको हकमा कागजात पेस गरेमा अध्ययन संस्थान, संकायले निर्धारण गरेको पाठ्यभार र क्रेडिट आवर पुगेको अवस्थामा विषय वा शिक्षक तोकी समकक्षता दिन सक्ने गरी कार्यविधि संशोधन गरेको छ ।

त्रिविको मापदण्ड बमोजिम नभएको अवस्थामा भने तह वा सम्बन्धित विषय भनेर मान्यता दिन सकिने पनि संशोधित कार्यविधिमा उल्लेख छ ।

यस्तो छ संशोधित कार्यविधि

 

Thuprai - Books and E-books