After SEE Portal

त्रिविले २३ दिन वर्षे विदा दिने, परीक्षा भने यथावत

Bridge Course

त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ मा २३ दिन वर्षे विदा दिने भएको छ । त्रिवि कार्यकारी परिषद्‌को गत वैशाख १४ गते बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ मा वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्‍म २३ दिन विदा दिने निर्णय गरेको हो ।

त्रिवि रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरूको हकमा विद्यार्थीहरूको नियमित परीक्षा भने यथावत सञ्‍चालन गर्ने सूचनामा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books