A Levels MA

त्रिविको अनलाइन कक्षा विद्यार्थीको पहुँचमा छैन

बर्दिया घर भएका अरुण बस्नेत त्रिचन्द्र कलेजमा विएस्सी दोस्रो वर्षमा अध्ययनरत छन् । उनी लकडाउन भएपछि घर गए । उनी घर पुगेको केही दिन पछि कलेजले जुमको माध्यमबाट कक्षा सञ्चालन गर्न थाल्यो । कक्षा अनलाइनबाट सञ्चालन हुन्छ । भनेको समयमा उनी सबै कक्षामा सहभागी हुन पाउँदैनन् । सबै कक्षामा उनी सहभागी हुन सकेका छैनन् । ‘घरमा छु । इन्टरनेटको पहुँच सहज छैन । त्यसैले मोवाईलबाट कक्षामा सहभागी हुनु पर्छ । फोन पनि नेट चल्ने खालको छैन । बुवाको चलाउनुपर्छ, नेट राम्रोसंग चल्दैन ।’ उनले भने, ‘नेट नचलेपछि सबै कक्षामा सहभागी हुन पाउदिन ।’

महेन्द्ररत्न क्याम्पस ताहचलमा स्नातक तह अध्ययनरत रवीना ओझा अहिले आफ्नै घर धनगढीमा छिन् । अहिले उनको क्याम्पसले अनलाइन कक्षा धमाधम चलाइरहेको छ । उनी हप्तामा ६ सय रुपैंया तिरेर प्याक तानेर अनलाइन कक्षामा सहभागी हुन्छिन् । उनलाई हप्ताको ६ सय भन्दा भोलि फेल भइएला कि भन्ने चिन्ता छ । रविनाले भनिन् ‘के गर्नु जसरी पनि उपस्थित हुनु भनेर सरहरूले म्यासेज गर्नुहुन्छ । फेरीपछि परीक्षामा अनुत्तीर्ण भइयो भने नी ।’

बैतडी घर भई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा गणित पढ्दै गरेका कृष्ण रोकाय अहिले घर पुगेका छन् । उनको घरमा वाइफाई हुने करै भएन । मोबाईलमा डाटा लिएर नेट चलाउँछन् । त्यै पनि सित्तीमित्ती कहाँ चल्छ र ? दुखले अनलाइन कक्षा बस्छन् । आधाजति कक्षा उनको पनि नेट सर्च गर्दैमा बित्ने गरेको छ । त्रिविले अहिले अनलाईन कक्षामा उपस्थित हुन सबै विद्यार्थीलाई निर्देशननै जारी गरेको छ । कृष्णले भने,‘ भएअनलाइन कक्षामा सहभागी हुन पाएको छैन । यहि पढाइलाई मान्यता दियो भने त कक्षा नदोहोर्याइ हुँदैन ।’

यी त प्रतिनिधि विद्यार्थी मात्र हुन् । त्रिविमा अध्ययनरत अधिकांश विद्यार्थीको पीडा एउटै छ । केही सहरी क्षेत्रका विद्यार्थीहरू इन्टरनेटको पहुँचमा भएपनि धेरै जसो विद्यार्थीको पहुँचमा इन्टरनेट छैन । इन्टरनेटको पहुँच नभएका विद्यार्थीहरूले सहज तरिकाले अनलाइन कक्षा लिन सकेका छैनन् । मोबाइलमा डाटा लिएर कक्षामा बस्ने हो भने पनि विद्यार्थीको आर्थिक क्षमताले डाटाको पैसा तिर्नै पुग्दैन ।

 यसैविच त्रिविले गत वैशाख १२ मा अनलाइनबाट कक्षा सञ्चालन गर्ने निर्देशिका, २०७७ नै जारी गरिसकेको छ । विद्युतीय माध्यमबाट कक्षा सञ्चालनको निर्णय त्रि।वि। प्राज्ञिक परिषद्ले गरेको हो । त्रिविमा अध्ययनरत जंग कुँवरले भने, ‘राम्रोसँग टावरले काम नगर्ने ठाउँ छन् अझैसम्म देशमा । अनलाइन कक्षाको पढाइ कसरी हुन्छ के नाटक चल्दैछ रु’

त्रिवि मानविकी केन्द्रिय विभागका प्रमुख प्राडा शिवलाल भुषालले अनलाइन क्लासलाई वैधता दिइएको बताए । उनले भने, ‘अनलाइन कक्षा सञ्चालन गर्ने भनेर त्रिवि प्राज्ञिक परिषद्लेनै निर्णय गरेपछि बैधानिकतामाथि प्रश्न उठ्ने कुरानै भएन । बरु यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ ।’ अनलाईन कक्षा छुटेका विद्यार्थीहरू पनि शिक्षकहरूको नियमित सम्पर्कमा आउनुपर्ने भन्दै प्रा।डा।भुषालले भने, ‘कक्षामा पढाइएको कुरा रेकर्ड हुन्छ उपलब्ध गराउँछौ । अनलाइन म्याटेरीयल दिन सकिन्छ । विद्यार्थीहरू छुट्छन् भन्दैमा हामीहरू हात वाँधेर बस्नु त भएन नी ।’

धेरै विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी नभएको महसुस गरे नियमित प्रत्यक्ष कक्षामा पठनपाठन दोहो¥याउने तर, अनलाइन कक्षालाई निरन्तरता दिइने त्रिविको भनाई छ । अखिलका नेता सुरेन्द्र बस्नेतले अनलाइन कक्षा लिनबाट वञ्चित भएका विद्यार्थीहरूलाई वैकल्पिक व्यवस्था मिलाउनुपर्ने बताए । उनले भने, ‘सत प्रतिशत विद्यार्थीहरू अनलाइन पहुँचमा छैनन् । छुटेका विद्यार्थी हरूलाई समेट्न प्रत्यक्ष कक्षामा बैकल्पिक क्लासको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्छ ।’

अधिवक्ता ओमप्रकाश अर्यालले अनलाइन कक्षा विभेदपूर्ण भएको बताए । उनले भने, ‘यो समानताको हक विरुद्ध हो । अनलाइन कक्षबाट ठुलो संख्यामा विद्यार्थीहरू छुट्ने भनेको पहुँच हुने र नहुनेबिचको विभेद हो । ’ अधिवक्ता अर्यालले भने , ‘ राज्यले सबै विद्यार्थीको पहुँचमा इन्टरनेट  पुर्‍याएर मात्रै अनलाईन कक्षा अगाडि बढाउनु पर्छ ।’

Thuprai - Books and E-books