thuprai.com

त्रिविको अनलाइन क्लासः विद्यार्थीको मर्म विपरीत

त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायमा अनलाइन क्लास सुरु गरेको छ । विश्वविद्यालय विद्यार्थीको मर्म र बाध्यतालाई बिर्सिएको छ । देशकै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको काधमा उच्च शिक्षा प्रदानको ठुलो अभिभारा छ । त्रिभुवन विश्वविद्यालयका ६० आगिंक र एक हजार ८५ सम्बन्धन प्राप्त क्याम्पस छन् ।

६ अध्ययन संस्थान (इन्जिनियरिङ , कृषि र पशुविज्ञान, चिकित्सशास्त्र, विज्ञान तथा प्रविधी र  वन विज्ञान ) चार शंकाय ( कानुन , व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक शास्त्र र चार  वटा अनुसन्धान केन्द्र ( आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सि.डि.इ.ए), नेपाल र एसियाली अनुसन्धान केन्द्र (सि.एन.ए.एस.) ,व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट), र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सि.इ.आर.आई.डी) हरु छन् । यी हजारौं क्याम्पसहरुमा लाखौं विद्यार्थीहरु पढ्छन् ।

देशका गरिब देखि मध्यम परिवारका विद्यार्थीहरु आफ्ना आशा र सपना पूरा गर्ने आधारका रुपमा विश्वविद्यालयमा प्रवेश गर्छन् । त्रिभुवन विश्वविद्यालयले अनलाईन क्लासहरु संचालन गर्न भनी निर्देशन दिएको छ ।

विश्वविद्यालय के बिर्सिएछ भने देशमा महामारीको विकराल अवस्था हुने डरले विश्वविद्यालय र क्याम्पसहरु छोडी गाउँगाउँमा सुदुर पुर्वदेखि सुदुर पश्चिमसम्म दुरदराजमा पुग्नुभएका विद्यार्थीहरु अनलाइनको पहुँचबाट बाहिर छन ।

विश्वविद्यालय के बिर्सिएछ भने देशमा महामारीको विकराल अवस्था हुने डरले विश्वविद्यालय र क्याम्पसहरु छोडी गाउँगाउँमा सुदुर पुर्वदेखि सुदुर पश्चिमसम्म दुरदराजमा पुग्नुभएका विद्यार्थीहरु अनलाइनको पहुँचबाट बाहिर छन ।

त्रिभुवन विश्वविद्यालयमा पढ्ने अधिकांश  विद्यार्र्थीहरु गरिब किसानका छोराछोरी हुन् । उनीहरु गाउँमा बस्छ्न, कतिपय विद्यार्थीहरुको गाउँमा त फोन गर्न समेत नेटवर्क छैन । त्यस्ता विद्यार्थीको लागि अनलाइन क्लासको परिकल्पना समेत गर्न सकिँदैन । हो, विश्वविद्यालयले आफ्नो शैक्षिक बर्षको क्यालेण्डरलाई लागू गर्न खोज्नु स्वागत योग्य कुरा हो । विद्यार्थीको पढाईलाई निरन्तरता दिन खोज्नु कदापि गलत हुन सक्दैन तर, प्रश्न उठ्छ ।  

विश्वविद्यालयले शिक्षकहरुलाई काम गरेको देखाउन र तलब खुवाउन तथा हामीले यो गरेका छौ भनी हल्ला गर्न मात्रै विद्युतीय कक्षा संचालन गर्न खोजेको हो, या विद्यार्थीको सिकाइका लागि नै ? के सबैलाई अनलाईन क्लासले समेट्न सक्छ त ? के विद्युतीय कक्षा संचालनले विद्यार्थीको मनोबल र मनोविज्ञान उच्च बन्छ त ? अह कदापि बन्न सक्दैन ।

म आफ्नै उदाहरण दिन चाहन्छु ।  म एक गरिब परिवारको विद्यार्थी  हुँ । बितेको एक महिनामा मात्रै मैले दुई हजार छ सय तीस बराबरको रिचार्ज गरेको छु । त्यो बाट मैले दुइवटा अनलाइन क्लास तीन वटा ग्रुप मिटिङ, ईमेल र अपडेटका लागि फेसबुक मात्र प्रयोग गरेको छु । यसरी विद्यार्थीहरुले नेपाल टेलिकमलाई ठुलो रकम बुझाएर विद्युतीय कक्षामा सहभागी हुन सक्दै सक्दैन । यदि सकिहाले पनि नेटवर्क, रिचार्ज र आर्थिक लोडले ठुलो मनोवैज्ञानिक असर पर्छ  । धेरैका पैसा कमाउने दाजुभाइहरु भारत लगायतका अन्य देशमा अलपत्र छन् ।

सबैको घरमा आर्थिक मन्दी छ । अनि एकातिर गासको चिन्ता अर्कोतिर अनलाइन क्लासको चिन्ता हुँदा यो विद्यार्थीको अहितमा नै हुने देखिन्छ । विश्वविद्यालयले अहिले कक्षा संचालन गर्नुभन्दा जाडो र गर्मी बिदाको बेला पढाओस । अहिले पढाउने भए पहुँच भन्दा बाहिरका लाई पछि के के व्यवस्था गर्ने र कसरी तनावमुक्त गर्ने भन्ने निर्णय पहिले नै गरोस ।

सबैको घरमा आर्थिक मन्दी छ । अनि एकातिर गासको चिन्ता अर्कोतिर अनलाइन क्लासको चिन्ता हुँदा यो विद्यार्थीको अहितमा नै हुने देखिन्छ । विश्वविद्यालयले अहिले कक्षा संचालन गर्नुभन्दा जाडो र गर्मी बिदाको बेला पढाओस । अहिले पढाउने भए पहुँच भन्दा बाहिरका लाई पछि के के व्यवस्था गर्ने र कसरी तनावमुक्त गर्ने भन्ने निर्णय पहिले नै गरोस ।

पहुँचमा भएकालाई पढाउनु पुर्व नेपाल टेलिकमलाई सेवा शुल्क फ्री गर्न आग्रह गरोस । विश्वविद्यालयका कुलपति र प्रधानमन्त्रीलाई समेत सेवा निशुल्क बनाउन दबाब देओस। हुन त कुलपतिलाई उपकुलपति ज्युले किताबमा कर नलगाई दिन भनी अनुरोध सहितको निवेदन पठाउन लगाउने म नै हो (अरु भाइहरु सहित), त्यो त कार्यावन्यन भएन अब निशुल्क सेवा त के गराउलान् । अहिले विश्वविद्यालयले अनलाइनमा सिद्धान्त घोकाउनु भन्दा पुर्ण रूपमा सुरक्षा अपनाई केमेष्ट्रि, माइक्रोवायोलोजी लगायतका विभागका शिक्षक तथा विद्यार्थीलाई कोरोना उपचारका लागि औषधि पत्ता लगाउन उक्साउनु पर्ने हो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस संगै जोडिएको महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रमा कोरोना विरुद्धको औषधि र पिपिई बनाउनका लागि विद्यार्थीहरु अनुसन्धानमा पठाउनु पर्ने हो । त्यो गर्नुको सट्टा विश्वविद्यालय विद्यार्थीको मर्म र बाध्यतालाई बिर्सिएको छ । अवैज्ञानिक योजना बनाई हल्ला गर्नमा व्यस्त भएको छ ।

त्यसैले विश्वविद्यालयले बिना तयारी हचुवाको भरमा गरिब परिवारका विद्यार्थीहरुलाई नजरअन्दाज गरेर ल्याउन खोजेको विद्युतीय कक्षा विद्यार्थीका लागी अस्वीकार्य नै छन् । 

लेखक श्यामराज ओझा  त्रिविमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।