After SEE Portal

६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)

Bridge Course

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिविच ६ बुँदे सहमति भएपछि ताला खोलिएको हो ।

विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले माघ ६ गते र आंशिक प्राध्यापकले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला खुलेको छ ।

बारम्बार अघिल्ला वर्षको प्रश्नपत्र सोधेर आफ्नो गरिमामा नै प्रश्न चिन्ह उठाउँदै आएको त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बारम्बार दोहोरिनुको कारण अध्ययन गर्न छानविन समिति गठन गरेको छ ।

विश्वविद्यालयका आंगिक कलेज प्रमुख वा केन्द्रीय विभागी प्रमुखहरुले आफ्नो तजबिजमा अबदेखि शिक्षक नियुक्ति गर्न नपाउने भएका छन्।

आंशिक शिक्षक र त्रिवि पदाधिकारीबीच भएको सहमतिले कलेज वा विभागमा शिक्षक नियुक्ति गर्नु परे त्रिवि केन्द्रीय कार्यालयको पूर्व स्वीकृति लिएर आवश्यक देखिए मात्र राख्न पाइने व्यवस्था गर्न सहमतिमा दुबै पक्षले हस्ताक्षर गरेका छन्। यसले त्रिविभित्र देखिएका विगत शिक्षक नियुक्तिको विकृति र विसंगति हट्ने लक्ष्य लिएको त्रिवि पदाधिकार र आंशिक शिक्षकहरुले विश्वास व्यक्त गरेका छन्।

गोरखाको चुमनुब्री गाउँपालिकामा कक्षा १० सम्म पढाई हुने दुईवटा विद्यालय छन्। २२ ओटा विद्यालय रहेको त्यहाँ एउटामा कक्षा ८ र १९ ओटामा कक्षा ५ सम्म मात्रै पढाई हुन्छ। यी सबै विद्यालयमा गरी एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन्।

माध्यामिक तहमा स्थायी शिक्षक दरबन्दी भने सिङ्गो पालिकामा एउटा पनि छैन। निमावी तहमा एउटा स्थायी दरबन्दी रहेको गाउँपालिकाको शिक्षा शाखाका अधिकृत बलराम पाठकले जानकारी दिए । ४६ जना प्रावि तहको दरबन्दीमा शिक्षक कार्यरत छन् ।

चुमनुब्री गाउँपालिका ३ को बुद्ध मावि आवसीय विद्यालय हो। त्यहाँ पाँच सय भन्दाबढी विद्यार्थी छन्। ल्हो माविमा ९र१० मा एक सय हाराहारी विद्यार्थी छन्। नुब्री आधारभुत विद्यालय कक्षा ८ चलिरहेको छ। यी बाहेकका सबै विद्यालय कक्षा ५ सम्म चलिरहेको छ।

अहिले गाउँपालिका भित्र मावि राहत दरबन्दीमा चार जना, निमावी राहतमा दुई र शिक्षण सिकाई अनुदानमा २ थप शिक्षक छन्।

शिक्षा मन्त्रालयले हिमाली क्षेत्रमा एउटा कक्षामा २५ जना विद्यार्थी भएमा दरबन्दी दिन सक्ने ब्यवस्था गरेको छ। तर एउटा कक्षामा २५ जना पुर्याउन सक्ने अवस्था नहुँदा दरबन्दी थप नभएको उनले बताए। पालिकाभित्र कक्षा १० सम्म पढाई हुने विद्यालय दुईवटा मात्रै छत् ती विद्यालयमा एउटा पनि दरबन्दी छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक दरवन्दी मिलान तथा दरवन्दी थप गरिने बताएका छन् ।

शिक्षक दरवन्दी मिलान प्रतिवेदनका अधारमा प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरवन्दी थप गर्नु पर्ने अवस्था रहेको छ । उक्त प्रतिवेदन अनसार १२हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नु पर्ने देखिएको छ ।

बालविकाश शिक्षकको तबल वृद्धि भएको बताए । चालु आव २०७८–७९ मा संघीय सरकारबाट रु ८ हजार र स्थानीय तहबाट रु ७ हजार गरी न्युनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएकोमा बालविकास शिक्षकको हकमा संघीय सरकारबाट रु २ हजार थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको जानकारी दिए ।

सरकारले बालविकास शिक्षक, प्रत्येक सामुदायिक विद्यालयमा एक एक जना विद्यालय सहयोगी कर्मचारी र प्रत्येक माध्यमिक विद्यालयमा थप एक जना सहायक कर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ठ अनुदान उपलब्ध गराउँदै आएको छ ।

विद्यालयको ढाकाबाट बाहिर पुग्ने बितिकै स्वरोजगार विद्यार्थी उत्पादन हुने भन्ने उद्देश्यले पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीलाई सौन्दर्य कला कक्षा सञ्चालन गर्ने भएको छ ।

उच्च अदालत सुर्खेतले विद्यार्थीबाट शुल्क लिन नपाउने अन्तरिम आदेश जारी गरेको छ ।

अदालतका न्यायाधीस माधवप्रसाद पोखरेल र पूनम सिंह चन्दको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति ९रासस० लाई दिएको अन्तर्वार्तामा आर्थिक वर्ष २०७९–८० को बजेट घोषणा गर्दा विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलबको विषय सम्बोधन गर्न छुटेको संकेत आगामी आर्थिक वर्ष देखि तलब बढेको बताएका हुन् ।

A Levels MA
Thuprai - Books and E-books