Bachelors Portal

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

काठमाडौँ, ६ मङ्सिर (रासस) ः त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । 

विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविध जानकारी कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

Thuprai - Books and E-books