A Levels MA

छात्रवृत्तिमा पढेका डाक्टर कोरोना संक्रमितको उपचारमा खटिनु पर्ने

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने सरकारले तयारी थालेको छ ।

स्वास्थ्यमन्त्री भानभुक्त ढकालका अनुसार सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाइने भएको  हो  ।

सरकारले कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छ ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्राचार गरी सकेको छ । यो संगै एमबीबीएस, एमडी र एमएस अध्ययन सकेका डाक्टरहरु  संक्रमिताको उपचारमा खटिनु पर्नेछ । हाल मेडिकल कलेजहरुमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगीको रुपमा परिचालन गर्न सरकारले आग्रह गरेको छ ।

Thuprai - Books and E-books